ग्रिन कर्णालीले बद्लिदै कृषकको जिवनस्तर

ग्रिन कर्णालीले बद्लिदै कृषकको जिवनस्तर

प्राङ्गारिक मलको प्रयोगले उत्पादन बढ्दो, ग्रिन कर्णाली परियोजना लागु भएपछि मनग्य आम्दानी गर्दै कृषक

सुर्खेत –  दैलेखको गुराँस गाउँपालिका -३ दम्मारका शिवध्वज शाहीले अगुवा कृषकका रुपमा परिचित हुनुहुन्छ । उमेरले ६३ वर्ष पुग्नुभएका उहाँलाई प्राङ्गारिक मलको बारेमा ज्ञान थिएन । व्यवसायिक कृषि गर्दै आएको १२ वर्ष पुग्यो । सुरुवात देखि १२ वर्ष पुग्दा समेत उहाँले रासायनिक मलको प्रयोग गर्दै आउनुभयो ।

व्यवसायिक कृषि खेतिमा जमेका उहाँलाई रासायनिक मलको प्रयोग नगरेमा उत्पादन घट्छ भन्ने भ्रम मनमा पालेर बस्नु भएको थियो । सोसेक नेपालद्धारा गुराँस गाउँपालिकामा संचालित ग्रिन परियोजना लागु भएपश्चात् भने उहाँको त्यो भ्रम हटेको उहाँ बताउनुहुन्छ । व्यवसायिक कृषि खेती गर्दै आएको यतिका वर्ष भयो,’उहाँले भन्नुभयो, ‘मलाई त लाग्थ्यो रासायनिक मल नभए बालीनाली सप्रिदैन भन्ने लाग्थ्यो । तर, त्यो मेरो हाम्रो गलत सोच रहेछ । आफ्ने वनजङलका झारपात कुहाएर, मलमुत्रबाट बनाइएको प्राङ्गारिक मल पो रहेछ रासायनिक मल भन्दा पनि धेरै उत्पादन दिने मल ।’

जलवायु परिर्वतनको अन्त्य गर्नका लागि सोसेक नेपालद्धा संचालन गरेको ग्रिन कर्णाली परियोजना लागु भए पस्चात् आफुहरु छर्लङ्ग भएको कृषकहरुको भनाई छ । रासायनिक मल प्रयोग गरेन भने कृषि बाली फस्टाउदैन भन्ने सोच पालेर बसेका यहाँको कृषकको सोच परिर्वतन भएको छ । पहिले कृषि गर्दा उहाँ सधै रासायनिक मल प्रयोग गर्नुहुन्थ्यो । तर, अहिले उहाँको सोच परिर्वतन भएको छ । सोसेक नेपालद्धारा गुराँस गाउँपालिका ३ मा संचालित ग्रिन परियोजना लागु भएपछि उहाँको सोच परिर्वतन भएको छ ।

पहिले जलवायु परिर्वत र त्यस्ले पारेका असर, रासायनिक मलको प्रयोग गर्दाका असर, प्राङ्गारिक मल र झोल मल १,२,३ का फाइदाको बारेमा जानकारी नपाएका कृषकहरु अहिले सचेत बन्नुभएको छ । अहिले रासायनिक मलको प्रायेग गर्न छोडेर प्राङ्गारिक मल प्रायोग गर्दै व्यवसायिक कृषिबाट मनग्य आम्दानी गर्न थालेको उहाँहरुको भनाई छ ।

त्यस्तै गुराँस गाउँपालिका ३ छर्सिका ३३ वर्षिया सम्झना शाहीलाई पनि कृषि व्यवसायि गर्नका लागि रासायनिक मल नै उपयुक्त लाग्थ्यो । रासायनिक मल प्रायोग नगरेमा कसरी पो कृषिा खेती सप्रिएला झै लाग्थ्यो उहाँलाई । ग्रिन कर्णाली परियोजनाबाट तालित र प्रायोग हुने सामग्रि पाएपछि उहाँको पनि सोच बद्लिएको छ । ग्रिन कर्णाली परियोजना लागु भएपछि पहिले भन्दा अहिले आफुहरुका बारी पनि परिर्वतन भएको उहाँले बताउनुभयो । पहिले रासायनिक मल प्रायोग नगर्दा उत्पादन कम हुने चिन्ता हुन्थ्यो त्यसैले पनि रासायनिक मल प्रायोग गथ्यौँ,’उहाँले भन्नुभयो, ‘तर,अहिले आएर थाह भयो यो गलत रहेछ । रासायनिक मलले गर्दा माटोलाई पनि असर र मान्छेलाई पनि असर गर्दो रहेछ । अन्य विधिबाट यहाँभन्दा धेरै उत्पादन बढाउन सकिने रहेछ । त्यो प्राङ्गारिक मल, झोल मलले गर्दा उत्पादन बढ्ने रहछे ।’

गुराँस गाउँपालिका ३ सेरिपात्लाका अम्मर सारु मगर पनि शिवध्वज र सम्झना जस्तै रासायनिक मल प्रयोग गर्दै उत्पादन बढ्छ भन्ने सोच पालेर बस्नुभएको थियो । उहाँ पनि कुराँस गाउँपालिकाको अगुवा कृषक हो । उमेरले ४७ वर्ष पुग्नुभएको उहाँ कृषि क्षेत्रमा जम्नुभएको मेहनति कृषक मध्यको एक हो । पहिले आफ्नो बारीमा उत्पादन भएका तरकारी गुराँसे, रातानाङला, हुँदै सुर्खेतसम्म पुरर्यानुहुन्थ्यो । उहाँलाई पनि रासायनिक मलको प्रयोग नगर्दा उत्पादन घट्छ भन्ने लाग्थ्यो । तर, पछिल्लो समय उहाँको त्यो सोच पुर्ण रुपमा परिर्वतन भएको उहाँ बतउनुहुन्छ । पहिले रासायनिक मल प्रायोग नगर्दा उत्पादन घट्छकि भन्ने थियो,’उहाँले भन्नुभयो, ‘ग्रिन कर्णालीमा आवद्ध भएदेखि हामीले उत्पादन गर्ने सामग्रि पनि पाएकाछौँ सँगै सिप पनि पाएका छौँ । अहिले हामीले त्यही सामग्रि र सिकेको सिपबाट प्राङ्गारिक र झोल मल १, २, ३ को प्रायोग गरेर पहिले रासायनिक मल प्रयोग गरेको भन्दा डबल उत्पादन गर्न सफल भएका छौँ ।’ जलवायु परिर्वतनको अन्त्य र प्राङ्गारिक मलको प्रयोगबाट उत्पादन बढाउने उद्धेश्यले सोसेक नेपालद्धारा गुराँस गाउँपालिकामा संचालित ग्रिन कर्णाली परियोजनाको सहयोगबाट गुराँस गाउँपालिका ३ मा हरियाली कृषि तथा फलफुल उत्पादन कृषि समुह रहेको छ । जस्मा २२ सदस्य रहनुभएको छ । गुराँस गाउँपालिकामा मात्र यस्ता समुहहरु १२ वटा रहेका छन् । १२ वटा समुहहरुले अहिले विभिन्न तरकारी आलु, बन्दा,काउी टमाटर, सिमी,खुर्सानी, लगायतका तरकारी बाली लगाउनुभएको ग्रिन कर्णाली परियोजनाका कृषि प्राबिधिक विष्णु थापा मगरले बताउनुभयो ।

ग्रिन कर्णाली परियोजनामा आबद्ध कृषकहरुलाई मौसमी तथा बेमौसमी प्राङ्गारिक तरकारी खेति गर्न, रोग किरा व्यवस्थापन, जैविक बिषाधी तथा प्रयावरणीय कृषि जलवायु परिर्वतन र जोखिम न्युनिकरण सम्वन्धि विभिन्न तालिम दिएर कृषि प्राविधिक निरन्तर रुपमा कृषकको घरदैलोमा पुगेर अवलोकल तथा कृषकले सल्लाहसुझा पाउने गरेका छन् ।

अहिले जलवायु परिर्वतनको असर परेको छ । रासायनिक मलको प्रयोगबाट उत्पादित बस्तुको प्रायोगले मानिसहरुको स्वास्थ्यमा असर गरेको छ । रासायनिक मल प्रायोग नगर्ने । प्लाष्टिकजन्य बस्तु नजलाउने । प्राङ्गारिक मलको प्रयोग गरेर जलवाययु परिर्वतनको अन्त्य गर्नका लागि उक्त परियोजनाा लागु भएको ग्रिन कर्णाली परियोजना कृषि प्राविधिक विष्णु थापामगरले बताउनुभयो ।

गुराँस गाउँ पालिका वडा नम्बर ३ छचि स्थित श्री शसक्त कृषि समूह मा झोल मल १,२,३ किसिम को बनाउन सिक्दै सिकाउदै

तस्बीर : विष्णु थापामगर

उहाँका अनुसार अहिले प्राङ्गारिक मलले रासायनिकको भन्दा उत्पादन बढेको छ । जलवायु परिर्वनका कारण पहिले परस्त मात्रमा पाउने रासायनिक मलको प्रयोग गर्न त्यही जलवायु परिर्वतको असर कम गर्नका लागि यो परियोजना कर्णाली र सुदुरपश्चिम प्रदेशका केही पालिकामा लागु भएको छ । गुराँस गाउँपालिकामा वडा नम्बर १, २, र ३ गरि १२ वटा समुह रहेका छन् । अछामको तुर्माखाँद गाउँपालिका १ मा ३ वटा समुह रहेका छन् । त्यस्तै दुल्लु नगरपालिका १, २, ३, ४, र ९ नम्बर वडामा यो परियोजना लागु भएको सोसेक नेपालद्धरा संचालित ग्रिन कर्णाली परियोजना संयोजक रन्जु बिसीले बताउनुभयो ।

मासिक ५० हजार देखि एक लाखसम्म आम्दानी

ग्रिन कर्णाली परियोजना लागु भएसँगै कृषकहरुले मनग्य आम्दानी गर्न थालेका छन् । मौसमी तथा बेमौसमी प्राङ्गारिक तरकारी खेति गत्पादन, रोग किरा व्यवस्थापन, जैविक बिषाधी तथा प्रयावरणीय कृषि जलवायु परिर्वतन र जोखिम न्युनिकरण, अर्गानिक उत्पादन भएका ताजा तरकारी सेवनले स्वस्थ रहौँ भन्ने उद्धेश्यले संचालन भएको थियो । उक्त परियोजना लागु पश्चात् कृषकको जीवन स्तरमा पनि परिर्वतन आएको छ । पहिले रासायनिक मलको प्रयोग गर्दै आएका कृषक अहिले धमाधम प्राङ्गारिक मल उत्पादन गर्दै माटो र स्वास्थ्य दुबै स्वस्थ राख्ने उद्धेश्य सहित व्यवसायिक कृषिमा होमिएको ग्रिन कर्णाली परियोजना संयोजक रन्जु बिसी बताउनुहुन्छ । डिसिय नेपालको आर्थिक सहयोग, सोसेक नेपालद्धारा संचालित ग्रिन कर्णाली परियोजना लागु भएपश्चात् कृषकहरुले मनग्य आम्दानी गर्न थाल्नु भएको छ,’उहाँले भन्नुभो, ‘अहिले यो परियोजनासँग आबद्ध कृषकहरुले मौसमी तथा बेमौसमी तरकारीबाट मासिक १ लाखसम्म आम्दानी गर्नुहुन्छ ।’

ग्रिन कर्णाली परियोजना लागु भएपश्चात् कृषकको जिवन स्तरमा सुधार हुँदै गएको उहाँहरु बताउनुहुन्छ । परियेजना लागु भएका ठाउँमा कृषकहरुमा उत्साह छाएको छ । परियोजना लागुु भएपश्चात् आफुहरु उत्साहित भएको बताउनुहुन्छ ।

गुराँस गाउँपालिकामा उत्पादन छ तर मार्केटको समस्या रहेको छ । अबको केही समयपछि कृषकले उत्पादन गरेको उत्पादित बस्तु मार्केटसम्म पु¥याउनका लागि पनि कार्यक्रम रहेको बिसीले बताउनुभयो । ग्रिन कर्णाली परियेजना लागु भएको दुल्लु र अछामका कृषकहरुको मनग्य आम्दानीसँगै बजारको व्यवस्था पनि रहेको छ,,’उहाँले भन्नुभयो, ‘गुराँस गाउँपालिकामा भर्खर मात्र परियेजना लागु भएकाले बजारको समस्या छ । तर, पनि यहाँका कृषकले मासिक ५० हजार आम्दानी गर्दै आउनुभएको छ । बजारको समस्या केही समयपछि समाधान हुन्छ । बजारको काम पनि परियोजनाले गर्छ ।’

तुर्माखाँद गाउँपालिका ३ अछाम स्थित थाल्पाटा बाख्रापालन समुहमा सोसेक नेपालले वितरण गरेका बाख्रा र खोरहरु
अनुगमनका क्रममा लिएको तस्बीर: तस्बीर हिक्मेन्द्र माझी

सोसेक नेपालले ग्रामिण भेगमा पछि परेका समुदाय होस वा कृषि गर्ने इच्छा भएका कृषकलाई कृषिमा जोड्ने देखि सिप विकासका तालिमसम्म काम गर्र्दै आएको यहाँका स्थानीय सरोकारवाला बताउनुहुन्छ । सोसेक नेपालका परियोजना पालिकामा लागु भएपश्चात् राम्रा गतिविधि गर्दे गएको गुराँस गाउँपालिका अध्यक्ष टोप बहादुर बिसि बताउनुुहुन्छ । हाम्रो पालिकामा शिक्षा, कृषि लगायतका क्षेत्रमा सोसेकको महत्वपुर्ण भुमिका रहेको छ,’उहाँ भननुहुन्छ, ‘अहिले ग्रिन कर्णाली लागु भएको छ । गुराँस गाउँपालिका १,२,३ का नागरिक प्रायजसो भारत लगायत तेस्रो मुलुकमा जानुहुन्छ उहाँहरुलाई यहि व्यवसायिक बनाउनको लागि ग्रिन कर्णाली परियोजना कार्यक्रम लाभलायिक हुने विश्वास छ ।’ यहाँ कृषकले उत्पादन गरेका बस्तुहरुको बजारिकरणमा समस्या रहेकाले बजारको समस्या हुन नदिन यहि विक्रि केन्द्र बनाउने योजनामा छौँ । र कृषकले उत्पादन गरेका बस्तुहरु आगामी दिनमा पालिकाले नै खरिद गरेर बजारिकरणमा सयोग गर्ने योजना छ ।’

गुरास गाउँ पालिका वडा नम्बर ३ पातिकाल्ला श्री प्रगतिशील बहुउद्देश्यीय तरकारी तथा फलफूल उत्पादन कृषि समूहमा झोल मल १, २, ३ किसिमको बनाउने प्रबिधी सिकाउँदै कृषि प्राविधिक विष्णु थापा मगर

अछाम तुर्माखाँद गा पा वडा न १ रहफ स्थित माछालोट बहुउद्देश्यीय कृषि तथा पशुपन्छी पालन कृषक समुहका अध्यक्ष श्री नन्दाराम बुढाको अध्यक्षतामा बैठक बसि सोसेक नेपाल द्रारा संन्चालित ग्रिन कर्णाली कार्यक्रम मार्फत २७ जना कृषकहरुलाई परियोजना सम्बन्धि जलवायु परिवर्तन प्राङगारिक खेति झोलमल १,२,३ सम्बन्धि १ दिने अभिमुखिकरण 

प्रतिक्रिया