मोबाइल झुण्ड्याएर कुराकानी गर्न बाध्य
सिमकोट – हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीका स्थानीय र सुरक्षाकर्मीलाई घरको अग्लो भित्तामा मोबाइल झुण्ड्याएर कुराकानी गर्नुपर्ने बाध्यता छ । अन्यत्र नेटवर्कले काम नगर्ने भएपछि निश्चित स्थानको घरको भित्तामा मोबाइल झुण्ड्याएर कुुराकानी गर्नुपर्ने बाध्यता आइलागेको हो ।
कोल्टीकी स्थानीय जौका सिंहले बिहानदेखि बेलुुकासम्म छिमेकीको घरको भित्तामा मोबाइल डोरीमा झुण्ड्याएर सञ्चार सम्पर्क गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । झुण्ड्याएको मोबाइलमा लाउडस्पिकरमा कुराकानी गर्दै कोल्टी क्षेत्रको अन्यत्र नेटवर्कले काम नगर्ने भएपछि स्थानीय सबैले सोही स्थानबाट मोबाइलमा कुराकानी गर्नुपरिरहेको छ । त्यो पनि कम मूल्यका मोबाइलबाट सम्पर्क हुने गरेको छ ।
उनले मोबाइललाई बिहानैबाट घरमा झुड्याएर राख्ने गरेकी छन् । अरु मोबाइल नभएका छिमेकीले पनि आवश्यक परेका बेला उहाँकै मोबाइलबाट सम्पर्क गर्ने गर्छन् । उनले ४ वर्षदेखि यसरी कोल्टीका स्थानीयले सञ्चार सम्पर्क गर्नुपरिरहेको बताउनुभयो । बढी मूल्यका मोबाइलले काम नगर्ने भएपछि कम मूल्यका मोबाइल सो स्थानमा प्रयोग हुँदै आएका छन् ।
मोबाइल सम्पर्क गर्न कोल्टीबाट एक घण्टा टाढाको डाँडामा जानुुपर्ने वा घरको भित्तामा मोबाइल झुण्ड्याएर सम्पर्क गर्नुको विकल्प छैन । कोल्टीमा नेपाल टेलिकमको सेवाले मात्र केही रुपमा काम गर्ने गरेको छ ।
यो विधि बाजुरापट्टिका स्थानीय र सुरक्षाकर्मीले नअपनाएर हुम्लातर्फको प्रहरी चौकी कुवाडीका प्रहरीले पनि सोही विधि अपनाउने गर्दै आएका छन् । प्रहरीले घरको ढोकामा मोबाइल झुण्ड्याएर सञ्चार सम्पर्क गर्नुपरिरहेको जनाएको छ। कवाडी नदीको गहिरो खोचमा बस्ती र प्रहरी चौकी रहेकाले सञ्चार सम्पर्क गर्न कठिन भएको हो ।
प्रतिक्रिया