नयाँ पर्यटकीय गन्तव्य, तानतिङ गाउँ

नयाँ पर्यटकीय गन्तव्य, तानतिङ गाउँ

काठमाडौँ– ग्रामीण जीवनको अनुभव लिन चाहने पर्यटकका लागि कास्कीको तानतिङ (तोनी नासा) गुरुङ गाउँ उपयुक्त गन्तव्य हो।

पोखराबाट २७ किलोमिटर दूरीमा अवस्थित गाउँ गुरुङ संस्कार र संस्कृतिको अवलोकनका लागि चर्चित छ ।

आँखा अगाडि देखिने लमजुङ र अन्नपूर्ण  हिमालले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ। २५० वटा परम्परागत शैलीका घर रहेको तानतिङमा पर्यटकका लागि १४ घरमा सामुदायिक होमस्टे पनि संचालन गरिएको छ ।

स्थानीय रूपमा उत्पादित अर्ग्यानिक खाना, ढिँडो, लोकल कुखुराको मासु, वनबाट टिपिएको निहुरो जस्ता स्वादिष्ट नेपाली खाना खान पाउनु साँच्चै तानतिङ गाँउमा दुर्लभ अनुभव हुनेछ ।

पोखराबाट सार्वजनिक बस, जिप तथा व्यक्तिगत सवारी साधनबाट सजिलै पुग्न सकिने तानतिङ गाँउ शहरको भिडभाड र व्यस्त जीवनबाट केही समय विश्राम र रिफ्रेसमेन्टका लागि धेरैको रोजाइमा पर्ने गरेको छ ।

-उकालो

प्रतिक्रिया