स्वास्थ्यको सहज पहुँच नहुँदा जोखिममा महिला
आफुमा भएको रोग खुलेर भन्दैनन्, घरायसि काममै बढी व्यस्त हुनुले जोखिममा स्वास्थ्य
सुर्खेत – दैलेखको ठाटीकाँध गाउँपालिका ४ कि परिर्वतित नाम जुवारा उमेरले ५६ वर्ष पुग्नुभयो । उहाँमा पाठेघर खस्ने समस्याका कारण पिडित हुनुहन्छ । तर, यो कुरा उहाँबाहेक कसैलाई थाहा थिइन । समुदायका अन्य समुदायसमेतलाई थाहा थिएन । मनभित्रै गुम्साएर राख्नुभएको थियो । मकन यस्तो भयाको धेरै वर्ष पहिलाबाट डाक्टर सर,’उहाँले भन्नुभयो, ‘यसो भयापन कसैलाई थाह नाई । कसैलाई भन्याकोपन नाई । लाज मान्दो नराम्रो होकि लाग्दो ।’ विगत लामो समय देखि आफुलाई यस्तो भएको तर, कसैलाई भन्न नसेको उहाँ बताउनुहुन्छ । गत चैत्रमा सोसेक नेपालले गाउँमै स्वास्थ्य शिविर चलाएपछि आफ्मा भएको समस्याले ठुलो रुप लिदै गएपछि अन्कनाइ अन्कनाई भन्न बाध्य हुनुभयो । सोसेक नेपालले राखेको शिविरले मलाई निकै सजिलो भयो उहाँ भन्नुहुन्छ । अहिले पाठेघरमा अडाउने एउटा रिङ्ग राखिदिनुभयो र काम गर्न निकै सजिलो भएको उहाँ बताउनुहुन्छ ।
त्यस्तै ठाटीकाँध गाउँपालिका ३ कि परिर्वतित नाम लालसुपाको पनि उस्तै समस्या थियो । उमेरले ४५ वर्ष पुग्नुभएको उहाँको पनि पाठेघर खस्ने समस्याले सताउनुसताएको बताउनुहुन्छ । लामो समयदेखि आफुमा पाठेघर खस्ने समस्या भएता पनि उहाँले कसैलाई भन्न नसक्नुभएको उहाँ बताउनुहुन्छ । सोसेक नेपालले चैत्र २४ गते देखि २७ गतेसम्म संचालन भएको शिविरमा आफ्ना समस्या राख्दै शिविरमा पुग्नुभएको थियो । स्वास्थ्यको सहज पहुँमा नरहेका उहाँहरुले सोसेक नेपाल आफ्नै गाउँघरमा शिविर संचालन गरेर पाठेघर खस्नेसम्बन्धि समस्याको समाधान गर्न शिविर नै संचालन गरेको भन्दै शिविर सम्पन्न पश्चात् सोसेक नेपाललाई धन्यवाद समेत दिनुभएको छ ।
सोही ठाउँकै २७ वर्षिया परिर्वतित नाम कमला विकको पनि उस्तै समस्या थियो । पाठेघर खस्ने खस्ने, सेतापानी बग्ने, ढाड दुख्ने, तल्लो पेट दुख्ने, लगायतका समस्या भोग्दै आउनुभएको थियो । सोसेक नेपालले घरआगनमै आएर यसरि शिविर संचालन गरेको प्रति उहाँले सोसेक नेपाललाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँहरु एक प्रतिनिधि पात्र मात्र हो । ग्रामिण भेगका महिलाहरु स्वास्थ्यको सहज पहुँच नहुँदा यस्ता समस्या जटिल बन्दै गइरहेको स्वास्थ्यकर्मीहरु बताउनुहुन्छ ।
स्वास्थ्यको सहज पहुँच नहुनु, स्वास्थ्यमा ध्यान नदिनु, पौष्टिक खानपानको कमि, र कामको बोेझ बढी उठाउनुले ग्रामिण भेगका महिलाहरु पाठेघर खस्ने समस्याको जोखिममा छन् । स्वास्थ्यको सहज पहुूँच नभएकाले र स्वास्थ्यमा ध्यान नदिनु, चुलोचौको मेलापातमै बढी केन्द्रित हुनु र आफुमा भएको समस्या बताउन नसक्नुका कारण महिलाहरु पाठेघर खस्ने समस्याको सिकार भइरहेको सहकार्य परियोजना स्वास्थ्य प्राविधिक अनुजा पन्तले बताउनुभयो ।
गत चैत्र २४ देखि २७ सम्म संचालन भएको महिलाहरुको आङ खस्ने समस्याको जाँच तथा छनौटका साथै पाठेघरको मुखको क्यान्सर परिक्षण शिविर संचालन गरिएकोे थियो । उक्त शिविरठाटीकाँध ४ गैरागाउँमा रहेको आधारभुत स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य सेवा केन्द्र ठाटीकाँध ३ बिशाला, तालिजैसि स्वास्थ्य ठाटीकाँध ५, र प्राथमिक स्वास्थ्य केन्द्र ठाटीकाँध १ मा चैत्र २४ देखि २७ गतेसम्म संचालन भएको थियो ।
उक्त शिविर एइआइएन लक्जेम्बर्ग साेसेक नेपाल सहयाेग तथा सहकार्यमा ठाटीकाँध गाउँपालिका स्वास्थ्य शाखाले आयोजनामा गरिएको थियो । चार दिनको उक्त शिविरमा २५४ महिलाहरुको स्वास्थ्य जाँच गरिएको थियो । २०१ जना महिलाहरुको (भिटिए ) पाठेघरको मुखको क्यान्सरको परिक्षण गरिएको सहकार्य परियोजना स्वास्थ्य प्राविधिक अनुजा पन्तले बताउनुभयो ।
प्रतिक्रिया