बालापनबाटै कृषि क्षेत्रमा होमिएका ‘जीवन’, युवावस्थामा कमाउदै,पढ्दै

बालापनबाटै कृषि क्षेत्रमा होमिएका ‘जीवन’, युवावस्थामा कमाउदै,पढ्दै

सुर्खेत –  सुर्खेतको वीरेन्द्रनगर ३ उत्तरगंगा नजिकै पर्छ । बसन्त बसन्त अर्गानिक फलफुल तथा पशुपंक्षि फम । फर्मभित्र लटरम्म फलेका छन् काक्रा, टमाटर । त्यही लटरम्म फलेको बारी सुम्सुम्याउदै हुनुहुन्थ्यो जन्मथलो कालिकोट र कर्मथलो सुर्खेत बनाएका जीवन गिरी । उमेरले २८ वर्ष पुग्नुभएका उहाँ एक नवजवान युवा कृषक हो ।

आइएसएजि सकेर स्नातकमा अध्यनरत हुनुहुन्छ उहाँ । कालिकोटको खाडाचक्र नगरपालिका ११ का उहाँ अस्थायी रुपमा सुर्खेतमा व्यवसाय गर्दै आउनुभएको छ । करिब १ बिघा जग्गा क्षेत्रफलमा कृषि खेती सुरु गरेका उहाँको बारीभरि लटरम्म तरकारी फलेको छ । बसन्त अर्गानिक फलफुल तथा पशुपंक्षि फर्म दर्ता गरेर व्यवसायिक तरकारी उत्पादनमा होमिनुभएको छ । दश वर्षका लागि एक विघा जमिन लिएर व्यवसायिक तरकारी खेतिमा होमिएको उहाँ बताउनुहन्छ ।

चारवटा टनेलमा काक्रा, टमाटर, गोलभेडा लगायतका अर्गानिक तरकारी लटरम्म फलाउनुभएको छ । यति मात्र नभएर आलु, खुर्सानी,प्याज, सिमि, ग्याठ गोपि,चिप्ले भन्टा लगायतका तरकारी पनि उहाँले लगाउनुभएको छ । व्यवसायिक तरकारी खेतीमा लाग्नु भएका उहाँले अहिले वार्षिक तीन देखि चार लाख आम्दानी गर्दै आउनुभएको छ ।

तीन कक्षा पढ्दै गर्दा कृषि

२०५८ साल देखि नै गिरि परिवार कृषिमा रमाउदै आएका थिए । बुबा आमाले गरेको देखेरै व्यवसायिक कृषि खेती गर्नुपर्छ भन्ने योजना गिरिले बनाउनुभएको थियो । आमा बुबासँगै बारी, र सँगै बजार पुग्नुहुन्थ्यो । गिरिका बुबा आमाले २०५८ सालमै जनचेतना नर्सरी फलफुल फर्म दर्ता गरेर व्यवसायिक रुपमै सुरु गर्नुभएको थियो । सुरुवाति चरणमा स्थानीय फलफुलका बोट विरुवम लगाउने र अरुलाइ बेच्दै आउनुभयो । दिनहुँजसो हुर्कदै गएपछि दिनहुँजस्तो आमाबुबालाई सघाउदै जाने गरेको जिवन गिरि बताउनुहुन्छ । ‘जब म हुर्किदै थिए । त्नि वर्षको थिँ । आमा बुबाले लगायका फलफुल फल्न थाले तब कहिले आमासँग बुबाले बुनेको चोयाको डोकोमा पु¥याउथेँ । आफैले फलफुल टिपेर सक्नेजति बोकेर बेच्न गएको याद ताजै छ बेच्न जान्थे जब कि म त्यो समयमा ३ कक्षा पढाई गर्दा देखि म फलफुल बेच्न सुरु गरेको थिए ।’

त्यसरि नै निरन्तर आमाबुबासँगै कृषि कर्ममा सिक्दै रमाउदै कृषि खेतिमा रमाउनुभयो । अन्तः आमाबुबाले गर्नेभन्दा राम्रो गर्दै जानुभयो । तीन वर्षको कलिलो उमेरमै आमाबुबासँगै कृषि कर्ममा रमाएका उहाँ दिनहुँ खारिदै जानुभयो । अन्तः आमाबुबा भन्दा जान्ने भएर निस्किनुभयो । सानै उमेरमा कृषि मोह भएका उहाँले निरन्तर पढ्दै कमाउदै कृषि क्षेत्रमा रमाइरहनुभयो ।

तीन वर्षको कलिलो उमेरमै बाआमासँग कृषिमा रमाउदै हुर्केका उहाँले २०७० सालमा एस्एलसि दिनुभयो । एसएलसि पास भएपछि पनि उहाँको ध्यान अन्त गएन । यसै कृषि क्षेत्रमै कसरी राम्रो गर्दै जान सकिन्छ । व्यवसायिक तरकारी खेती कसरी गर्न सकिन्छ भन्ने हुटहुटि चलिनै रह्रयो । बुबा आमा निरक्षर बाटो देखाउने कोही थिएन । एसएलसी पास भएपछि उहाको कृषि नै पढ्ने इच्छा थियो । तर, कहाँ पढ्ने थाह थिएन । खोज्दै बुझ्दै जादा दाङमा पढाइ हुने सुनेपछि उहाँको यात्रा दाङतर्फ मोडियो । आमाबुबासँगै कृषिकर्म थालेका उहाँ केही समयको लागि व्यवसायिक कृषि सम्बन्धि पढाइ हुने ठाउँ खोज्दै दाङ पुगेको उहाँ बताउनुहुन्छ । घरमा पनि कृषि नै पढ्नुपर्छ भन्ने थियो मेरो इच्छा पनि कृषि नै पढ्ने थियो तर, थाह थिएन,’उहाँ भन्नुहुन्छ, ‘पढ्ने ठाउँ खोज्दै जादा दाङको राप्ती प्राबिधिक शिक्षालय पुगे । प्रवेश परिक्षा दिए । बैकल्पिकमा नाम निस्कियो । त्यसपछि बाटो मोडियो काठमाडौँ पुगे होटेल म्यानेजमेन्ट पढ्न ।’ काठमाडौँ पुगेपछि विभिन्न होटेल तथा रेस्टुराँमा काम गर्दै सिक्दै गरेको उहाँ बताउनुहुन्छ ।

काम गर्दै पढ्दै गर्दा दुई बर्ष पछी सिटिभिटि ले छात्रवृत्ति कृषि विषयमा खुल्यो र प्रवेश परिक्षा दिए र नाम निस्कियो अनि रोल्पाको नेपाल रास्ट्रिय नमुना माध्यामिक विद्यालयमा सिटिभिटि ले पठायो केहीसमय पछि पढाइ सकाएर घर फर्के । पढ्ने क्रमै पनि उहाँले पढ्ने साथिहरुसँ मिलेर बिद्यालयमा खेती सुरु गरेका उहाँ बताउनुहुन्छ । पहिलेबाटै उहाँ आफ्नै फर्म संचालन गरेर व्वसायिक तरकारी गर्ने सोचमा हुनुहुथ्यो । पहिले देखि नै आफ्नै देशमा केहि गर्नु पर्छ भन्ने थियो । तर, घरमा भने लोकसेवा पढ् कि त स्नातक पढ्नु पर्छ भन्ने दबाब थियो । त्यसपछि उहाँले सुर्खेतमा जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेति थाल्ने सल्लाह सुनाउनुभयो ।

त्यसपछि सुर्खेतमा व्यवसायिक रुपमा तरकारी फर्म

कालिकोटको शाखा सुर्खेतमा वसन्त अर्गानिक कृषि तथा पशुपन्छी नाम गरेर २०७६ मा २ बिघा जग्गा लगेर काम सुरु गर्नुभयो । र नयाँ ठाँउ थियो । यहाको सबै वातावरण बुझ्नै एक बर्ष लग्यो ।

एक बर्ष लगानी लगायर भाडा तिर्ने काम मात्रै भएको उहाँ बताउनुहुन्छ । कृषि फर्म संचालन गरेर जग्गा घेरबार गर्ने आर्थिक भएन जस्ले गर्दा व्रिेन्द्रनगरका छाडा चौपायाले दुःख दिनसम्म दिए । राति १२ बजे सम्म गाइ बस्तु धपाउनै ठिक्क भएको उहाँ सुनाउनुहुन्छ । त्यसपछि अर्को ठाउँमा फर्म सार्ने तयारीमा उहाँ लाग्नुभयो । अर्को ठाउँमा घेरबार गरेको १ बिघा जग्गा भेटियो र पहिलो जग्गा छोडेर अहिले नयाँ ठाँउ सरेको दुई बर्ष भयो ।

अहिले उहाँले बारिभरि विभिन्न तरकारीहरु लटरम्म फलाउनुभएको छ । कृषि क्षेत्रमा कृषि नगर्नेहरुका लागि अनुदान भएको तर, हामी दिनरात कृषि गर्नेहरुका लागि अनुदान नभएको उहाँले दुखेको पोख्नुभयो । उहाँ भन्नुहुन्छ, ‘हामी कृषकका नाममा ठुलाबडा भनिनेहरुकै वरिपरिकाले अनुदान पाउँछौँ तर,हामी पाउदैनौँ ।’

प्रतिक्रिया