विद्यार्थी भर्ना अभियानमा सोसेकको अपिल

विद्यार्थी भर्ना अभियानमा सोसेकको अपिल

सुर्खेत – नयाँ शैक्षिक शत्र २०८० सुरु भएसँगै विद्यार्थी भर्ना अभियानमा सोसेक नेपालले अपिल गरेको छ । ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने शैक्षिक शत्रको भर्ना अभियानको नारा सहित अपिल गरेको हो । यहि आदर्श वाक्यसहित शैक्षिक शत्र २०८० को विद्यार्थी भर्ना अभियान सञ्चालन भईरहेको छ । यस सन्दर्भमा विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षासम्बन्धी मौलिक अधिकार सारभूत रूपमा कार्यान्वयन सम्पूर्ण सरोकारवाला निकायहरुलाई सोसेक नेपालले बपिल गरेको छ ।

वर्तमान अवस्थामा दैलेखसहित कर्णालीका अन्य जिल्लामा विद्यालय बाहिर रहने बालबालिकाको संख्या उच्च रहेको विभिन्न तथ्यांकहरुले देखाउँछ । यस्तो अवस्थामा विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका बालबालिका पहिचान तथा भर्ना गर्न प्रोत्साहित गर्ने प्रभावकारी कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकार, स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाई तथा विद्यालयहरुलाई आग्रह समेत गरिएको छ ।

विद्यालय बाहिर रहेका बालबालिकाको लगत संकलन, उनिहरु विद्यालय बाहिर रहनुको कारण एवं समस्या पहिचान, विद्यालय भर्नाका लागि घरदैलो, सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दा विद्यालय भर्ना अभियान प्रभावकारी हुने सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापा बताउनुहुन्छ ।

विद्यालय बाहिर रहेका बालबालिकाको संख्या उच्च रहेको गाउँ, टोल र क्षेत्र पहिचान गरि शिविर सञ्चालन गर्ने, जन्मदर्ता नहुँदा विद्यालय भर्ना हुनबाट बञ्चित भएका बालबालिकालाई शिविरमै जन्मदर्ता दिई त्यस्ता बालबालिकालाई तत्काल भर्ना गरि स्वागत तथा शिविरबाटै पाठ्यपुस्तक उपलब्ध गराउने कार्य गर्नका लागि समेत आह्वान गर्दछौँ ।

 

 

प्रतिक्रिया