गड्रयौला मल/भर्मिकम्पोष्ट बनाउनको लागि संरचना निर्माण

गड्रयौला मल/भर्मिकम्पोष्ट  बनाउनको लागि संरचना निर्माण

सुर्खेत – दैलेखको दुल्लु नगरपालिका २ मा गड्रयौली मल÷भर्मिकम्पोष्ट बनाउनको लागि संरचना निर्माण गरिएको छ । सोसेक नेपाद्धारा दुल्लु नगरपालिका २ मा संचालित ग्रिन कर्णाली परियोजनाले निर्माण गरेको हो । दुल्लु नगरपालिका २ को श्री नरेश्वर उद्यमशिल विद्यालय प्रभुस्थानमा निर्माण गरिएको हो ।

साधारणयतया गड्रयौली मल वा भर्मिकम्पोष्ट मल भन्नाले खेतिपाति वनजगल तथा पशुपालनबाट निस्किएका छवालि मकैको ढोड पराल झारपात पातपतिंगर राम्रोसँग पाकेको गाई भैसिको गोबर गड्रयौला हालेर तयार गरिने मल हो । यसरी गड्यौला प्रयोग गरि तयार गरिएको गड्यौला कम्पोष्ट मल भनिन्छ । र यो मल बनाउने प्रविधिलाई भर्मिकम्पोष्ट भनिन्छ । यो मल करिब २ देखि ३ महिनाको बिचमा तयार हुन्छ र प्रयोगमा ल्याउन सकिने ग्रिन कर्णाली परियोजना फिल्ड कृषि प्रविधिक हिक्मेन्द्र माझीले बताउनुभयो ।

उहाँका अनुसार भर्मिकम्पोष्ट मल बनाउन हामीलाई किन आवश्यक छ भने यस मलबाट प्रशस्त मात्रामा गड्रयौलाको बिस्टा हुन्छ बिष्टा एक प्रकारको हुम्स हो जसमा बोटविरुवा तथा वालिनालिलाई चाहिने आवश्यक खाद्य तत्वहरु उपयोगि सुक्ष्म जिवाणु (एजोटोण्याक्टर पेन्सिलियम एस्परजिलस टाईकोडमा आदि ) प्रशस्त मात्रामा हुने भएकाले भर्मिकम्पोष्टको गुणस्तर अरु साधारण कम्पोष्ट मलको तुलनामा केही फरक हुन्छ त्यसैले यो मल बनाईन्छ ।

यस मलको फाईदाहरु
१ . साधारण तरिकाले बनाएको कम्पोष्ट मल भन्दा यो मल थोरै प्रयोग गन सकिन्छ ।
२ . भर्मिकम्पोष्ट मल कालो र गन्ध नआउने बुरबुराउदो हुन्छ यस मलमा उपयोगी जिवाणुहरुको सख्या बढि पाईन्छ त्यसर्थ यो मल प्रयोग गदा माटोको रासायनिक तथा भौतिक गुणहरु राम्रो हुने हुनाले र माटोमा उर्वरा शक्तिमा वृद्धि हुन्छ ।
३ . यो मलले पानी चिस्यान अड्याउने शक्ति बढी हुन्छ र भु-क्षय कम हुने वातावरण स्वच्छ राख्न मदत पुग्दछ ।

४ . यो विभिन्न किसिमले तयार पार्न सकिन्छ । तयार गरेको संरचना निर्माण भएको ४ मिटर लम्बाइ १ मिटर चौडाई १ गराई खरको छाना ७ फिट उचाई मा तयार गरएको हो ।

प्रतिक्रिया