उपभोक्ताहरुको स्वास्थ्य बारे ख्याल पु¥याउनपर्छ : शर्मा
दैलेख – नारायण नगरपालिकाका मेयर लोमन शर्माले आम उपभोक्ताहरुको स्वास्थ्यको बारे हरेक व्यापारी तथा व्यवसायी र सरोकारवालाहरुले ख्याल पु¥याउनुपर्ने बताउनुभएको छ । बुधवार जुनोसिस सम्बन्धी छलफल कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।
मेयर शर्माले पशुपालक किसानले चरन, दाना वा घाँस पानीको व्यवस्था, बजारमा मासु बेच्ने मासु व्यवसायले पशुवध गर्नेदेखि भण्डारण गर्नेसम्मका काममा सरसफाई, गुणस्तर र शुद्धतामा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
त्यसबखत उपमेयर तप्ताकुमारी थापाले बजारमा दैनिक उपभोग्य बस्तु र सेवाको खवरदारी गर्ने स्वयम् उपभोक्ताहरु तयार भइसकेकोले गुणस्तर कायम राख्न व्यवसायलाई स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमको सहजीकरण गर्दै कर्णाली प्रदेश पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका परिष्ठ पशु चिकित्सक डा. विकास श्रेष्ठले मासुले कैयन रोग भित्रिने पशुपक्षीको स्वास्थ्य अवस्थासंग जोडिने भएको स्वस्थ पशु मात्र मासुको लागि योग्य हुने बताउनुभयो ।
नारायण नगरपालिकाका पशु चिकित्सक डा. श्रृजना बुढाले बधशाला, मासु विक्री पसल, भान्सामा पकाउने बेलासम्मको उचित सरसफाई, पकाउने उचित तरिकाले मासुबाट उपभोक्ताको स्वास्थ्यमा फाइदा पुग्ने तर सावधानी अपनाउन नसक्ने स्वास्थ्यलाई प्रतिकूल भएका पनि उदाहरणहरु रहेको सुनाउनुभयो ।
नगरपालिकाको पशुपंक्षी शाखाका प्रमुख सूर्यबहादुर बिकको अध्यक्षमा भएको कार्यक्रममा नारायण नगरपालिका २ नं. वडाका वडाध्यक्ष रेशमबहादुर थापा लगायतले बोल्नुभएको थियो ।
प्रतिक्रिया