विद्यार्थीलाई कम्पोष्ट मल बनाउन सिकाउदै ‘ग्रिन कर्णाली’

विद्यार्थीलाई कम्पोष्ट मल बनाउन सिकाउदै ‘ग्रिन कर्णाली’

दैलेख – जिल्लाको दुल्लु नगरपालिका -२ मा रहेको नरेश्वर उद्यमशिल विद्यालयका विद्यार्थीलाई कम्पोष्ट मल बनाउने विधि र मलको फाइदाबारे जानकारी गराइएको छ ।

सोसेक नेपालद्धारा दुल्लु नगरपालिकामा संचालित ग्रिन कर्णाली परियोजनाले  विद्यार्थीहरुलाई कम्पोष्ट मल बनाउने विधि, फाइदा सहित मल बनाउन सिकाइएको ग्रिन कर्णाली परियोजना फिल्ड प्राबिधिक हिक्मेन्द्र माझीले बताउनुभयो ।

उहाँका अनुसार दुल्लुमा रहेको श्री नरेश्वर उद्यमशिल विद्यालय प्रभुस्थानका कक्षा ९ र १० का विद्यार्थीहरुलाई कम्पोष्ट मल बनाउन सिकाइएको बताउनुभयो ।

कम्पोष्ट मल बनाउने प्रविधि यो मलको फाइदा बारे जानकारी गराइ र कम्पोष्ट मल बनाउनका लागि खाल्डो वा पिड तयार गरि विभिन्न किसिमका हरिया झार पात सुकेका स्याउला गाई भैँसिको गोबर पिसाब पानि खाल्डोमा हालि कम्पोष्ट मल बनाउन सिकाइएको उहाँको भनाई छ ।

कम्पोष्ट मल बनाउने विधि किताबमा पढेको अहिले प्रत्यक्ष आफुहरुले कम्पोष्ट मल बनाउने विधि सिक्दा आफुहरु खुशी भएको विद्यार्थीहरुले बताएका छन् ।

प्रतिक्रिया