मुख्यमन्त्री शर्माले मागे विश्वासको मत

मुख्यमन्त्री शर्माले मागे विश्वासको मत

 

सुर्खेत –   कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत माग्नुभएको छ । प्रदेशसभा १४ औँ बैठकमा आफ्नो भनाइ राख्दै उहाँले विश्वासको मत माग्नुभएको हो ।

उहाँले कर्णालीका शत्रु भनेका रोग, भोक र विकटता भएको भन्दै सबै दलहरु त्यसको विरुद्धमा एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रदेश सरकारको कामबारीका लागि ६१ बुँदे निर्देशन जारी भइसकेकाले त्यसको कार्यान्वयन देखिन थालेको बताउनुभयो । शर्माले विश्वासको मत माग्दै भन्नुभयो, ‘मुख्यमन्त्रीको आफु, तथ्य र तथ्यांकसहित अग्रसर हुने भएकाले विश्वासको मत दिएमा गर्व गर्न लायक मुख्यमन्त्रीको रुपमा काम गर्नेछु ।’

 

प्रतिक्रिया