युवा क्लब र महिला समुहका सदस्यहरुलाई पोलियो हाउस बितरण

युवा क्लब र महिला समुहका सदस्यहरुलाई पोलियो हाउस बितरण

सुर्खेत –   दैलेखको भैरवी गाउँपालिकामा युवा क्लब र महिला समुहका सदस्यहरुलाई पोलियो हाउस बितरण गरिएको छ । एइ आइएन लक्जेम्बर्गको आर्थिक सहयोग सोसेक नेपालद्धारा भैरवीमा संचालित आधार परियोजनाले बितरण गरेको हो ।

भैरवी गाउँपालिका ३, ४, ५ र ६ नम्बर वडामा रहेका समुहका १८ जनालाई बितरण गरिएको आधार परियोजना कृषि प्राबिधिक सम्झना थापाले बताउनुभयो ।

उहाँका अनुसार भैरबी गाउँपालिका वडा नम्बर ३, ४, ५ र ६ मा गठित युवा क्लब र महिला समुहका सदस्यहरुलाई टमाटर बीउको साथसाथै पोलिहाउस तथा सरलथोपा सिंचाइ सामाग्रीहरु भैरवी गाउँपालिकाको उपाध्यक्ष देबि भाण्डारीले हस्तान्तरण गर्नुभएको थियो ।

भैरवी गाउँपालिकामा गठित फुलबारी युवा क्लब ,देउती युवा क्ल,चन्द आमा समूह ,कालिका आमा समूह ,देउती आमा समूह ,पन्चकोशी आमा समूह ,जनचेतना आमा समुहका सदस्यहरुलाई पोलिहाउस र सरल थोपा सिचाइ १८ जनालाई बितरण को साथसाथै यकल महिला दलित बर्ग आर्थिक अबस्था निम्न भएको घरमा आए स्रोत मा कमजोर व्यत्तिलाई बितरण गरिएको प्राबिधिक थापाको भनाई छ ।

 

प्रतिक्रिया