असिनापानीले जेठासी बाली नष्ट

असिनापानीले जेठासी बाली नष्ट

सिमकोट –    दक्षिणी क्षेत्रको चंखेली गाउँपालिका–३ को मेखाला गाउँमा लगाएको जेठासी बाली जौ, गहुँ र उवा नष्ट भएको छ। चार दिनदेखिको अविरल वर्षासँगै आएको असिनापानीले सो बाली नष्ट गरेको हो ।

मेलाखा गाउँका किसान रामबहादुुर ऐडीले पाकेर भित्र्याउनै लागेको जेठासी बाली ९जौ, उवा र गहुँ ० असिनापानीले नष्ट गरेको बताउनुभयो ।

उहाँले भित्र्याउन लागेको बालीलाई असिनाले ढालेर सोतरै बनाएको बताउँदै सिंगो गाउँमा ठूलो क्षति पुुगेको गुनासो सुनाउनुभयो ।  उहाँको मात्र आठ हल जेठासी बालीमा क्षति पुुगेको छ। पाकेको बालीलाई क्षति पुुगेपछि किसानलाई खाद्यान्न समस्या हुने देखिएको छ।

क्षतिको कारण सिंगो गाउँका किसान चिन्तित रहेको बताउँदै उहाँले राहतका लागि गाउँपालिका, प्रदेश सरकार र संघ सरकारसँग आग्रह गर्नुभयो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले अविरल वर्षासँगै परेको असिनापानीका कारण मेखाला गाउँका ५० वटा घरधुरीको गहुँ, जौ र उवामा क्षति पुुर् याएको जानकारी दिनुभयो।

असिनाबाट तीन सय रोपनी जग्गामा लगाएको जेठासी बाली नष्ट भएको प्रहरी मुचुुल्कामा उल्लेख गरिएको छ। यसबाट तीस लाख ८० हजार मूल्य बराबरको जेठासी बाली नष्ट भएको छ ।

असिनाले उक्त गाउँको खेतमा लगाएको कात्तिके बाली सिमी, फलफूल, मकै, आलुलगायत पनि नष्ट भएको छ। देशसञ्चार

 

प्रतिक्रिया