प्रदेश अस्पताल र अन्य अस्पतालले पार्किङ शुल्क लिन नपाउने

प्रदेश अस्पताल र अन्य अस्पतालले पार्किङ शुल्क लिन नपाउने

सुर्खेत –  सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरुमा पार्किङ शुल्क उठाउन नपाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत बैशाख १३ गते नै परिपत्र जारी गरेपनि कतिपय अस्पतालहरुले अझै पार्किङ शुल्क उठाउने गरेकोमा त्यसो नगर्न पुनः जेठ १७ गते ९बुधबार० बसेको सचिवस्तरको निर्णयबाट अस्पतालहरुलाई ताकेता गरिएको हो ।

सुर्खेतस्थित प्रदेश अस्पतालले पनि पार्किङ शुल्क वापतको रुपैँया लिने गरेको थियो । यो परिपत्रपछि अब शुल्क उठाउन नपाइने भएको हो ।

स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड, २०७७ दफा ७० (घ) मा अस्पतालमा उपचारको लागि आउने विपन्न, असहाय, बेवारिसे विरामीको लागि कुल शैय्याको दश प्रतिशत शैय्या छुट्याई निःशुल्क उपचार अनिवार्य गराउनु पर्ने उल्लेख छ ।

साथै, सोही मापदण्डमा विरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधि समेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्रभागमा देखिने गरी राख्नुपर्ने भनिएको छ ।

अस्पतालहरुले तोकिएका मापदण्ड पूरा नगरेको, पार्किङ शुल्क उठाउने गरेको, कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक समेत उपलब्ध नगराएको पाइएपछि यस्तो परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया