समाजसेवाले समाज सत्मार्ग ः जिशिअ

समाजसेवाले समाज सत्मार्ग ः जिशिअ

दैलेख – जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद अधिकारीले समाज सेवाले आफूलाई सन्तुष्टी र समाजलाई सत्मार्ग दिने बताउनुभएको छ । नेपाल बाल संगठन दैलेखका संस्थापक सभापति नगेन्द्रबहादुर थापाकी नातिनी जयन्ती थापाले अमेरिकावाट पठाएको रकमबाट यहाँ किनेका न्यानो कपडा वितरण गर्दै अधिकारीले सो धारणा व्यक्त गर्नुभएको हो । img_9665थापाले पठाएको २५ हजार, केही रकम बाल मन्दिर प्राविको र कल्पना फैन्सी स्टोरको सहुलियतमा किनिएका ७५ थान स्वीटर दलित तथा गरिबी छात्रछात्रालाई वितरण गर्दै उहाँले अहिले रोजगारीमा विपन्न तथा दलितहरुलाई प्राथमिकता भएकोले शिक्षामा जोड दिन सुझाव दिनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्वरबहादुर सुनारको अध्यक्षतामा भएको न्यानो कपडा वितरण तथा विद्यालयको सामाजिक लेखा परीक्षमण कार्यक्रममा जिल्ला बाल संगठनका सभापति जगतजंग थापा, पत्रकार अमर सुनार लगायतले बोल्नुभएको थियो । विद्यालयले २१ लाख ६१ हजार २ सय ४९ रुपैंयाँको आयव्यय प्रस्तूत गरेको थियो ।

प्रतिक्रिया