दैलेखको भैरवीमा बाताबरण दिवसको अवसरमा वृक्षारोपण

दैलेखको भैरवीमा बाताबरण दिवसको अवसरमा वृक्षारोपण

सुर्खेत –  प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौँ , वातावरणमैत्री विकल्पको उपयोग गरौँ भन्ने मुल नाराका साथ दैलेखको भैरवीमा अन्तराष्ट्रिय बाताबरण दिवस मनाइएको छ ।

एइ आइ एन लक्जेम्बर्गको आर्थिक सहयोग भैरवी गाउँपालिका वडा नम्बर ३ र ४ मा रहेको गौरी माध्यामिक विद्यालय बालेकाँडा र नेपाल आधारभुत विद्यालयको समन्वयमा तथा सोसेक नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

बाताबरण दिवसका अवसरमा गौरी माध्यामिक विद्यालय र नेपाल आधारभुत विद्यालयका बालबालिका र शिक्षकहरु गरि २३० जनाको सहभागिता रहेको बताइएको छ ।

५० औँ अन्तरास्ट्रिय वातावरण दिवसको अवसरमा बालबालिकाहरूले विद्यालय वरपर वृक्षारोपण गरि साबुन पानीले मिचिमिच हात धुन सिकाइकाउनुको साथै सरसफाइ सम्बन्धि बिषयमा जानकारी समते गराइएको थियो ।

कक्षा १, २ र ३ का बालबालिकालाई पानी सुद्विकरण गरि खानको लागि फिल्टर गिलास सरसफाईका लागि कुचो डष्टप्यान विद्यालयमा हस्तान्तरण गरि अन्तर्राष्टि«य बातावरण दिवस कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया