पलातामा उत्कृष्ट कृषकलाई कृषि सामग्रि बितरण

पलातामा उत्कृष्ट कृषकलाई कृषि सामग्रि बितरण

सुर्खेत –  कालिकोटको पलाता गाउँपालिकामा उत्कृष्ट कृषकलाई कृषि सामग्रि बितरण गरिएको छ । एइ आइ एन लक्जेम्बर्गको आर्थिक सहयोग सोसेक नेपालद्धारा पलाता गाउँपालिकामा रहेका विभिन्न छनौट भएका उत्कृष्ट कृषक समुहलाई उक्त सामाग्रि बितरण गरिएको हो ।

छनौट भएका पिपल चौतारी कृषि समुह, कैलागडी कृषि समूह, छेत्रपाल आमा समूह, चेतनसिल कृषि समूह, खापर मास्टाआमा समूह, लालिगुरास कृषि समुह र समाज सुधार कृषि समुहलाई कृषि सामाग्रि बितरण गरिएको बताइएको छ ।

कृषि सामाग्रिमा १०वटा सरल थोपा सिचाइ प्लास्टिक हाउस, टमाटर र तितेकरेलाको १/ १ वटा पाकेट बीउ बितरण गरिएको थियो ।

प्रतिक्रिया