कृषि वस्तुको बजारीकरणमा जोड

कृषि वस्तुको बजारीकरणमा जोड

दैलेख, पुस ९ । दैलेखमा उत्पादन हुने कृषि उपज वस्तुको बजार प्रवद्र्धन हुन नसकेको भन्दै यसको बजारीकरणमा जोड दिइएको छ । शुक्रबार दैलेखमा आयोजित बजार प्रवद्र्धन तथा विकास कार्यशाला गोष्ठीका सहभागिहरुले यस्तो जोड दिएका हुन् ।

SAMSUNG CAMERA PICTURES
SAMSUNG CAMERA PICTURES

कार्यक्रममा सामाजिक सेवा केन्द्र (सोसेक) का निमित कार्यकारी निर्देशक पुस्कर शर्माले कृषि उपज वस्तुको बजारीकरणबारे एक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा हाट बजार, कृषि नमुना पशल, वित्तिय संस्थाले ऋण लगानी गर्नुपर्ने, कृषकको व्यवसायीक योजनाबारे जानकारी गराउनुपर्नेलगायतका विषयमा जोड दिइएको थियो । कार्यक्रममा कृषि विकास कार्यालय दैलेखका योजना अधिकृत राजु भुजले दैलेखमा बजारीकरणबारे कार्यत्रपत्र प्रस्तुत गरेका थिए । उनले दैलेखमा कृषि वस्तुको माग र बजारबारे अवधारणा प्रस्तुत गरेका थिए । दैलेखमा कृषि वस्तु व्यवसायिक रुपमा उत्पादन हुने भन्दा पनि निर्वाहमुखी भएकाले बजारीकरणमा समस्या भएको बताएका थिए । उनले व्यवसायिक उत्पादन हुन सके त्यसको बजारीकरण गर्न पनि सहज हुने बताए । उनले हाट बजारको सुरुआत गर्न सके पनि एक सफलता हुने बताए । कार्यक्रमा उद्योग वाणिज्य संघका अध्यक्ष शान्ति शर्माले कृषि उपज वस्तुको बजारीकरणका लागि उद्योग वाणिज्य संघले पहल गर्ने बताए ।
कार्यक्रम उद्योग वाणिज्य संघ दैलेख आयोजना तथा सहजिकरण सामाजिक सेवा केन्द्रले गरेको थियो भने आर्थिक सहयोग डिसिए आइसिसिओ एलडब्लु एफ नेपालको सरल परियोजनाले गरेको हो ।

प्रतिक्रिया