भगवतिमाईमा पालिका स्तरीय बालसञ्जाल गठन सम्पन्न

भगवतिमाईमा पालिका स्तरीय बालसञ्जाल गठन सम्पन्न

दैलेख-  दैलेखको भगवतिमाई गाउँपालिकामा पालिका स्तरीय  बालसञ्जाल गठन सम्पन्न भएको छ । वल्ड भिजन नेपालको आर्थिक सहयोग सोसेक नेपालको आयोजना र भगवतिमाई गाउँपालिकाको समन्वयमा उक्त पालिका स्तरीय बाल सञ्जाल गठन गरिएको हो ।

भगवतिमाई गाउँपालिकाका ६ वटै वडाहरुमा संचालन भएका वडा सञ्जालका सदस्यहरुको उपस्थितिमा बाल भेला सम्पन्न भएको हो ।

पत्येक वडाबाट ३ जना वडा संजालका प्रतिनिधि र अभिभावकको उपस्थितिमा संचालन भएको बालसञ्जालमा अर्जुन विश्वकर्मालाई अध्यक्षको जिम्मेवारी दिएर बाल संजाल गठन गरिएको हो ।

बालसञ्जाल गठन प्रक्रियामा बाल अधिकार हनन्, दुव्र्यवहार जस्ता समस्याको समाधान गर्ने बालसंजालको काम कर्तव्य रहेको छ ।

बालबालिकाका समस्यालाई बालसञ्जालद्धारा न्युनिकरण गर्ने र नसकेको खण्डमा स्थानीय सरकोको सहयोग लिने बारेमा समेत जानकारी गराइएको थियो ।

बालबालिकाकाले आफ्नो अधिकार कसरि सुनिश्चत गर्छन् र आफ्नो कर्तव्यहरु कसरी पालना गर्छन भन्ने बारेमा समेत अवगत गराइएको थियो ।

बालभेला कार्यक्रममा बालबालिकाको क्षमता विकासमा सहयोग र पुर्याउने भन्ने विषयमा समेत छलफल भएको बताइएको छ ।

प्रतिक्रिया