कोरोनापछि मानसरोवर कैलाशको दर्शन सुरु

कोरोनापछि मानसरोवर कैलाशको दर्शन सुरु

सिमकोट – कोरोनापछि हिल्सा नाकाबाट मानसरोवर कैलाशको विदेशी धार्मिक पर्यटकद्वारा दर्शन सुुरु भएको छ। कोरोना कम हुँदा हिल्सा नाका दुुईतर्फी रुपमा सञ्चालनमा ल्याएपछि मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकहरू शुुक्रबारबाट नेपालगञ्ज हुँदै सिमकोट आउन थालेपछि सुरु भएको हो ।

मानसरोवर कैलाशको दर्शनका लागि पहिलो दिन नेपालगञ्जबाट सिमकोट हवाई मार्गबाट ३४ जना धार्मिक पर्यटकहरू सिमकोट आइपुुगेका हुन्। कुल जिल्लामा आइपुुगेका पर्यटकमध्ये चार जना भारतीय र बाँकी एनआरएन छन् । वैशाख १८ गतेबाट चीनले औपचारिक रुपमा हिल्सा नाका दुुईतर्फी रुपमा सञ्चालनमा ल्याएको थियो।

०७६ सालको कोरोनापछि हिल्सा नाकाबाट मानसरोवर कैलाशको दर्शन गर्न पहिलो पटक धार्मिक पर्यटक सिमकोट आई पुुगेका हुन् । जिल्लामा आइपुगेका पर्यटकमध्ये २४ जना शुक्रबारै हेलिकोप्टरबाट हिल्सातर्फ लागेका छन् भने सिमकोटबाट पर्यटकलाई हिल्सा माउण्टेन एयरको हेलिकोप्टरले ६ सटल उडान भरेको थियो।

सिमकोटमा एक रात बास बस्ने दश जना पर्यटकमध्ये चार जना भारतीय नागरिकले सिमकोटबाट लिमीको लाप्चासम्म पैदल मार्ग हुँदै मानसरोवर कैलाशको दुरदर्शन गर्नेछन् भने बाँकी ६ जना शनिबार मात्र हेलिकोप्टरमार्फत हिल्सा जानेछन्।

भारतीय पर्यटकलाई हिल्सा नाकाबाट चीनको मानसरोवर कैलाश दर्शन नखुलाएको र आगामी २५ तारिखपछि खुल्नेछ। पर्यटक आउन सुुरु भएको र अब धेरै समूह आउन लागेका छन्। मानसरोवर कैलाशको दर्शनका लागि धार्मिक पर्यटक आउन सुुरु भएपछि सिमकोट र हिल्साका होटेल तथा पर्यटन व्यवसायी खुसी भएका छन्।

कोरोनाको कारण नाका बन्द हुँदा पर्यटक आउन बन्द भएपछि विशेष गरी हिल्सा र सिमकोटका होटेल ब्यवसायी मर्कामा परेका थिए। ०७२ सालको भूकम्पपछि हिल्सा नाकाबाट तीस हजारभन्दा बढी पर्यटकले मानसरोवर कैलाशको दर्शन गरेका थिए।

 

प्रतिक्रिया