नारायण नगरपालिकाकाे नीति तथा कार्यक्रम सार्वजनिक

नारायण नगरपालिकाकाे नीति तथा कार्यक्रम सार्वजनिक

दैलेख – नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्मा आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । मंगलबार १२ औं नगरसभाको वैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

नगर चक्रपथ, कोटिलमा ताल निर्माण, राइली त्रिपानी पर्यटन प्रवद्र्धन, बेलासपुर दरबार, माल्ली रंगशाला, पञ्चदेवल, बहुकउदेश्यीय कम्प्लेक्स भवन, दैलेख अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन, एक मावि एक प्राविधिक विषय अध्यापन गराउने जस्ता महत्वांक्षी विकास कार्यक्रमलाई नगर स्तरीय गौरव आयोजना नाम दिइएको छ ।

नगरप्रमुख शर्माले आफूहरुले चुनाव जितेको एक वर्ष अवधिमा २० किलोमीटर सडक स्तरोन्नती, दुई २५ किलोमीटर सडक मर्मत सम्भार गरेको, ३० वटा विद्यालयमा निशुल्क इण्टरनेट, २२ सय उपभोक्ताहरुको न्यूनतम् एक सय ५० रुपैंयाँ पानीको महसुल तिरेको, तीन सय ११ जना भूमिहीनहरुलाई अस्थायी निस्सा दिइएको प्रगति सुनाउनुभयो ।

आगामी बजेटमा शिक्षा, स्वास्थ्य, सामाजिक सवाल र पूर्वाधार निर्माणका कार्यक्रमलाई प्राथमिकतामा राखि योजना बनाइएको नगर प्रमुख शर्माले सार्वजनिक गर्नुभएको नीति कार्यक्रममा उल्लेख छ ।

११ वटै वडामा स्वास्थ्य चौकीका भवनहरु २ बर्षमा भवन निमार्ण गर्ने, दीर्घरोगीलाई निःशुल्क औषधि प्रदान गरिने कार्यक्रममा समेटिएको छ । नगरको विकट क्षेत्र वडा नं. १० र ११ मा चौबीसै घण्टा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्घोष गरिएको छ ।

नगरपालिकाले आर्थिक विकास, सामाजिक विकास सेवा प्रवाह र शुसासनलाई निरन्तरता दिँदै अगाडि बढेको र मंगलबार प्रस्तूत नीति कार्यक्रम अनुसार आगामी असार १० गते नगरपालिको बजेट प्रस्तुत गरिने जानकारी दिइएको छ ।

 

प्रतिक्रिया