मौलिकता गुमाउँदै घान्द्रुक

मौलिकता गुमाउँदै घान्द्रुक

गण्डकी –   विसं २०२६/०२७ तिरको कुरा हो, घान्द्रुकका शङ्करमान गुरुङ स्थानीय गाउँको विद्यालयमा पढाउनुहुन्थ्यो । गाउँको तल विद्यालय थियो । उनी विद्यालय आउजाउ गर्दा बाटोमा फाट्टफुट्ट विदेशी भेटिन्थे । उनीहरु को हुन्, किन आएका हुन् रु कसैलाई पत्तो थिएन । पहिलोपालि आएका पर्यटक घान्द्रुकका लागि नौला थिए ।

उतिबेला घरगाउँमा कोही नचिनेको मान्छे आयो भने ‘जासुसी गर्न’ आएको भनेर शङ्काको दृष्टिले हेरिन्थ्यो । विदेशी आउने क्रम बढेपछि शिक्षक गुरुङले सोधखोज गर्न थाले । अनि थाहा भयो, उनीहरु त घुमफिरका लागि आएका पर्यटक पो रहेछन् । त्योबेला घान्दु्रुकमा होटल, रेष्टुराँको कल्पना नै थिएन ।

पर्यटकले खाने र बस्ने ठाउँ खोज्दै हिँडेको देखेपछि उनले आफ्नै घरमा लैजान थाले। ुघरमा जे पाक्छ उनीहरु त्यही खान्थेँ । सामान्य कोठामा सुत्थेु, शिक्षक गुरुङले विगतलाई स्मरण गर्दै भन्नुभयो, गाउँका अरुले राख्न मानेनन् । मैले राखेँ । अङ्ग्रेजी भाषाको अलिअलि ज्ञान भएकाले पनि मलाई सजिलो भयो ।

व्यापार गर्ने नभई घरमा आएका पाहुनालाई सेवा–सत्कार गर्ने संस्कार गुरुङहरुमा थिए। शिक्षक गुरुङले पनि सुरुसुरुमा त्यसै गरे । विदेशीलाई राखेर यतिउती पैसा लिनुपर्छ भन्ने हामीलाई थाहा नै थिएन । न हाम्रो संस्कारमा पथ्र्योु, उहाँले भन्नुभयो, हाम्रो आतिथ्यताबाट खुसी भएर उनीहरु आफैँले केही पैसा छाडेर जान्थे ।

विस्तारै शिक्षक गुरुङको घरमा बास बस्न आउने पर्यटकको सङ्ख्या बढ्दै गयो । अरु गाउँलेले पनि पर्यटक भेटेपछि शिक्षककै घरमा पठाउन थाले । घान्दु्रक आएका पर्यटकलाई पहिलोपटक घरमै राखेर सेवा दिएको हामीले नै हो, उहाँले भन्नुभयो,पछि मैरे नाता पर्ने कुलबहादुर गुरुङले घान्द्रुकमा पहिलो होटल खोल्नुभयो ।

पर्यटकलाई लक्ष्य गरी खोलिएको उक्त होटलको नाम फिस्टेल थियो । जुन अहिले बन्द छ । विसं २०२७ तीर फिस्टेल होटल खुलेपछि अर्को वर्ष शिक्षक गुरुङले कोटगाउँमा होटल अन्नपूर्ण खोले । उनले कान्छोबुबाको घरमा होटल चलाएका थिए । पछि त्यही घर किनेर विसं २०५० सम्म अन्नपूर्ण कै नाममा होटललाई निरन्तरता दिनुभयो ।

अठहत्तर वर्षीय शिक्षक गुरुङ अहिले पनि होटल व्यवसायमा हुन् । चौहत्तर वर्षीया श्रीमती बेलकुमारीको दरिलो साथ पनि रहँदै आएको छ । गुरुङका छोरा मिलन भने सपरिवार बेलायत बस्छन् । विसं २०५० पछि छोराको नाममा मिलन होटल चलाउँदै आएका छन्, गुरुङ दम्पत्तीले । पहिलेको भन्दा अझ राम्रो भ्यू प्वाइन्ट भेटाएपछि होटल त्यहीँ बनायौँ, नाम पनि नयाँ राख्यौँ, उहाँले भन्नुभयो ।

विसं २०५० मै शिक्षण पेसाबाट सेवानिवृत्त भएपछि गुरुङले पुरै समय होटललाई दिन थाले । झण्डै ५४ वर्षदेखि आतिथ्य सेवामा सक्रिय उनलाई घान्द्रुक कै पहिलो पर्यटन व्यवसायीका रुपमा चिनिन्छ । घान्द्रुकको पर्यटनको कुरा गर्दा शिक्षक गुरुङको नाम जहिल्यै पनि अघि आउँछ ।

मैले होटल सुरु गर्दा बाटोको छेउमा बसेर के गरेको होला भनेर मान्छेले भन्थे, उहाँले भन्नुभयो, कमाइ हुन्छ भन्ने थाहा पाएपछि पछि गाउँका अरु पनि होटल व्यवसायमा लागे । विसं २०४०/०४२ देखि घान्द्रुकमा होटल थपिँदै जान थाले । पर्यटकको आउजाउ पनि बाक्लिन थाल्यो ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित घान्द्रुक गाउँ चल्तीको गन्तव्यकारूपमा देशीविदेशी माझ परिचित छ । बर्सेनि हजारौँ पर्यटकले त्यहाँ पाइला टेक्छन् । प्रकृति र संस्कृतिमा रमाउँछन् । पर्यटकीय चहलपहल बढेपनि घान्द्रुकको असली पहिचान गुम्ने हो की १ भन्ने पिरलो गुरुङलगायत गाउँका अगुवालाई छ ।

घान्द्रुक उहिलेको जस्तो छैन । जीवनशैली, रहनसहन फेरिँदो छ । नयाँ बनिरहेका संरचनाले गाउँको मौलिक स्वरुप खल्बलिएको छ । विदेशीले यहाँ सडक नल्याउनू, ठूला सुविधासम्पन्न होटल पनि नखोल्नु भन्थेँ, शिक्षक गुरुङले सुनाए, तर जमानाअनुसार चल्नुपर्ने व्यवसायीलाई पनि बाध्यता छ, अहिले ठूल्ठूला भवन बने, गाउँमा मोटरबाटो पनि आयो ।

सडकले पदमार्ग भत्केका छन् । पर्यटक धूलो–हिलो सहँदै सडकबाटै पर्यटक हिँडेका भेटिन्छन् । हिमालको काखमा पहाडे शैलीका लहरै घर । ग्रामिण परिवेश र हावापानी । गुरुङ समुदायको कला, संस्कृति र रहनसहन । पाहुनाको सत्कारका लागि खुलेका घरबास । गाउँकै उब्जनीबाट बनेका परिकार । पहिलेपहिले घान्द्रकुमा पर्यटक लोभ्याउने चीज यिनै थिए । अहिले घान्द्रुक विस्तारै कङ्क्रिटले ढाकिँदैछ ।

पर्यटकको आउजाउ बढेसँगै कराडौँ लगानीमा होटलदेखि रिसोर्टसम्म खुलेका छन् । आधुनिकताले गाउँको पुरानो चिनारीलाई विस्थापित गर्दैछ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बढ्दो व्यवसायीकरणले घान्द्रुकको मौलिकपन गुम्दै गएको धारणा व्यक्त गर्नुभयो । यो विषय हामी सबैलाई महशुस भएको छ, नयाँ संरचना बनाउँदा मौलिकता झल्कने गरी बनाउनेतिर जोड दिएका छौँ, उहाँले भन्नुभयो, कतिपय व्यक्तिले पुराना र जीर्ण घरलाई पनि संरक्षण गर्न थालेका छन् ।

मौलिकता जोगाउन नसके घान्द्रुकको पर्यटनको भविष्य पनि सङ्कटमा पर्ने स्थिति देखिएको स्वयं पर्यटन व्यवसायीले बताउनुभयो । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले घान्द्रुकमा बनिरहेका ठूल्ठूला संरचनाबारे पर्यटकबाटै गुनासो आइरहेको बताउनुभयो । हुन त व्यवसायीको पनि बाध्यता होला, जग्गा अभाव भएका कारण धेरै तला थपेको हुनसक्छु, उनले भने, पक्कै हो घान्द्रुक पहिले जस्तो छैन, परम्परागत घर धेरै हटिसके ।

स्थानीय पहिचान दिन सकिएन भने हिमाल हेर्न मात्रै पर्यटक नआउन पनि सक्ने उनको भनाइ थियो । घान्द्रुकबाट नजिकै देखिने अन्नपूर्ण र माछापूछ«े हिमशृङ्खलाको दृश्यले जोकोहीलाई पनि लोभ्याउँछ । देशविदेशसम्म चिनिएको गन्तव्य भएकाले घान्द्रुकको एकीकृत र पर्यटनमैत्री हिसाबले पूर्वाधार विकास गर्नुपर्नेमा अध्यक्ष गुरुङको जोड थियो । घान्द्रुकको पर्यटन प्रवर्द्धनका लागि समितिले बर्सेनि अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव गर्दै आएको छ ।

स्थानीयवासी धनसुबा गुरुङले ढुङ्गामाटाले बनेका पुराना घर भत्काउँदै नयाँ बनाउने क्रम बढेको बताए । काठ किराले खायो भन्छन्, सिमेन्टका अग्लाअग्ला घर बनिरहेका छन्, यस्तै छ खै कस्लाई के भन्नेु, उहाँले भन्नुभयो, गाउँमा खेतीपाती गर्ने पनि छैनन्, सबै बजारको ल्याएर खानुपर्छ । डाँडागाउँका केही घरलाई भने अझै पनि जोगाएर राखिएको छ । केही व्यवसायीले पुरानै घरलाई सिँगारेर होटलका रुपमा चलाएका छन् ।

गाउँमा आउने पर्यटकलाई देखाउने गुरुङ संस्कृतिका गीतनाच पनि लोपन्मुख अवस्थामा पुगेका छन् । पर्यटक लोभ्याउने घरबास विस्तारै खस्किँदै जान थालेका छन् । कतिपयले घरबासलाई होटलमा परिणत गरिसकेका छन् । स्थानीय उत्पादन नभएपछि घरबासमा पनि बजारकै परिकार पाक्छन् ।

केही दिनअघि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले घान्द्रुकमा आयोजित पर्यटन महोत्सवमा पहिचान नमेटिने गरी भौतिक पूर्वाधारको विकास गर्नुपर्ने बताएका थिए । उनले घान्दु्रकको मौलिकता विस्तारै ह्रास हुँदै गएकामा चिन्तासमेत व्यक्त गरे । ुपर्यटक घान्द्रुकको गाउँले परिवेश र संस्कृति हेर्न आउँछन्, यसलाई जोगाइएन भने भोलि यहाँको पर्यटन खस्किन सक्छु, मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

पर्यटन व्यवस्थापन समितिका अनुसार घान्द्रुकमा रिसोर्टसहित ५४ वटा होटल छन् । अठार वटा घरबास छन् । पर्यटकस्तरीयदेखि सामान्यसम्म गरी होटलमा आठ सय कोठा छन् । पर्यटन व्यवसायमा अर्बौँको लगानी छ । सयौँले रोजगारी पाएका छन् । पर्यटकीय याममा एकैदिनमा दुईरतीनहजारसम्म पर्यटक त्यहाँ पुग्छन् । स्वदेशीपछि सबैभन्दा बढी चिनियाँ पर्यटकले घान्दु्रकलाई गन्तव्य बनाउँछन् ।

भारतीयदेखि युरोप, अमेरिकासम्मका पर्यटक त्यहाँ पुग्ने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्रको अन्नपूर्ण आधार शिविर, म्याग्दीको पुनहिल–घोरेपानीलगायत जोड्ने पदमार्गमा पर्ने घान्द्रुक पर्यटकको विश्रामस्थलका रुपमासमेत लिइन्छ । पोखरा–बागलुङ राजमार्गको नयाँपुलदेखि बिरेठाँटी, स्याउलीबजार, किञ्चे हुँदै पाँचरछ घण्टाको पदयात्रामा घान्दु्रक पुग्न सकिन्छ । मोटरमा जाँदा एकरडेढ घण्टामै पुग्न सकिन्छ ।

प्रतिक्रिया