गहुँ पिस्न गएकी गैरेगाउँकी एक बाढीमा बेपत्ता

गहुँ पिस्न गएकी गैरेगाउँकी एक बाढीमा बेपत्ता

सुर्खेत-  दैलेखको ठाटीकाँध गाउँपालिका-४ गैरेगाउँकी एक किशोरी बाढीमा बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा गैरेगाउँकी १७ वर्षीय उर्मिला कठायत रहेकी छन् ।

बिहीबार उनी गहुँ पिस्न भन्दै घट्ट गएकी थिइन् । राती आएको वर्षाका कारण स्थानीय भुतगाड खोलामा आएको बाढीले उनलाई बगाएको स्थानीय‌ लवराज सिजापतिले बताउनुभयो ।

सिजापतिका अनुसार उनी बिहान ४ बजे घट्ट पिसेर फर्किदै गर्दा खोलाले बगाएर बेपत्ता भएको बताइएको छ ।  उनको अहिलेसम्म कुनै पत्तो‌ लागेको छैन ।

साथै बिहीबार रातीको बर्षातका कारण गैरगाउँका दुई घरमा समेत‌ क्षति पुगेको छ । सडकका कारण माथिबाट बाढी आएर गैरागाउँका दुई स्थानीयको घरमा क्षति पुर्याएको हो । यद्यपि मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो ।

गैरागाँउमा पनि बाढीका कारण धेरै खेत बारीहरू पुरेको खबर प्राप्त भएको छ । क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया