भैरवीमा व्यवसायिक तरकारी खेतीतर्फ कृषकको आर्कषण बढ्दो

भैरवीमा व्यवसायिक तरकारी खेतीतर्फ कृषकको आर्कषण बढ्दो

सुर्खेत-  दैलेखको भैरवी गाउँपालिका वडा नम्बर २ का हीरासिंह थापा उमेरले ३० वर्षको हुनुभयो । उहाँले २०७६ लसालबाट कृषि व्यवसायमा होमिनुभएको हो । व्यवसायिक तरकारी खेतीमा निरन्तर होमिएका उहाँले सासेक नेपालको साथ पाएपछि अहिले झनै उत्साहका साथ तरकारी खेतीमा होमिएको उहाँ बताउनुहुन्छ । उहाँले पहिले परम्परागत बालीसँगै तरकारी व्यवसाय गर्नुहुन्थ्यो । तर, पनि सोचेजस्तो त्यति उत्पादन हुन्थेन । पहिले तरकारी पनि आफुलाई खानको लागि मात्र लगाउने उहाँले अहिले तरकारीको लटरम्म फलाउनुभएको छ ।

स्वदेशमा रोजगारी छैन भनेर बिदेशिने क्रम बढेका बेला आफु आफ्नै देशमा केही गर्नुपर्छ भनेर लागेको उहाँ बताउनुहुन्छ । उहाँको पहिलेको अवस्थाभन्दा अहिलेको अवस्था धेरै फेरिएको बताउनुहुन्छ । २०७६ मा सासेक नेपालले भैरवी गाउँपालिकामा आधार परियोजना लागे भएपश्चात् आफ्ना लागि केही  गर्न सिकाउने र आधार बनेको सासेक नेपाल रहेको उहाँ बताउनुहुन्छ । पहिले घरपरिवार पालनपोषणमा समस्या हुने गरे पनि पछिल्लो समय निकै सहज भएको उहाँको भनाई छ । कृषि व्यवसाय गरेरै उहाँले मासिक ३० हजार कमाउदै आएको उहाँ बताउनुहुन्छ ।

हीरासिंह थापा एक प्रतिनिधि पात्र मात्र हुन । एइ आइ एन लक्जेम्बर्गको आर्थिक सहयोग र सोसेक नेपालद्धारा भैरवी गाउँपालिकामा संचालित आधार परियोजना संचालन पश्चात् कृषि व्यवसाय गर्नेको आर्कषण बढ्दो अवस्था रहेको सोसेक नेपालद्धारा संचालित आधार परियेजनामा कार्यरत कृषि प्राबिधिक सम्झना थापा बताउनुहुन्छ ।

हीरासिंह जस्तै अर्को रुपकला थापा पनि व्यवसायिक तरकारी खेतीमा जम्दै जानुभएको छ । उहाँले पनि व्यवसायिक तरकारी खेती गर्नुभएको छ । पहिले घरपरिवारमा साना साना समस्या पनि समाधान हुँदैन थिए । एकल महिला भएकै कारण घरपरिवार चलाउन हम्मे हुने गरेको र पछि सोसेकले सहयोग गरेपछि अहिले सहज भएको बताउनुहुन्छ । पहिले साना साना इच्छा पुरा गर्न समाजको भर पर्नुपर्ने हुन्थ्यो,’उहाँले भन्नुभयो, ‘अहिले तरकारी व्यवसाय गरेपछि सहजै पुरा हुन्छन् ।’

पहिले साना सना समस्याहरु पर्दा समाधान गर्न नसक्ने रुपकलाले अहिले तरकारी व्यवसाय गरेदेखि सहजै पुर्ती गर्ने गरेको बताउनुहुन्छ । आफैले तरकारी उत्पादन गरेर आफै बेच्नलाई नजिकको बारमा लैजाने गरेको समेत बताउनुहन्छ । रुपकलाले फर्कि काक्रा, टमाटर, करेला, भन्टा लगायतका सिजनअनुसारका तरकारी लगाउदै आउनुभएको छ । पहिले घरखर्च चलाउनै हम्मे हम्मे हुने रुपकलाले सोसेकको साथ पाएपछि मासिक ८ हजार आम्दानी गर्ने गरेको बताउनुहुन्छ ।

एइ आइ एन लक्जेमबर्गको आर्थिक सहयोग सोसेक नेपालद्धारा भैरवी गाउँपालिकामा संचालन पश्चात् धेरै कृषकका दिनहरु फेरिएका छन् । पहिले साँझ बिहान दुइ छाक टार्न हम्मे हम्मे हुनेलाई सोसेकले सहयोग गरेपछि अहिले धेरै सहज भएको यहाँका कृषक बताउँछन् । यत्रि मात्र नभएर सोसेक नेपालद्धारा आधार परियोजना लागु भएपश्चात् व्यवसायिक तरकारी र पशुपालन क्षेत्रमा समेत आर्कषण बढ्दै गएको यहाँका स्थानीयको भनाई छ । पहिलेभन्दा अहिले व्यवसायि तरकारी खेती गर्नेको संख्या दोब्बरले बढेको कृषि प्राबिधिक सम्झना थापाको भनाई छ ।

प्रतिक्रिया