यौनिक अल्पसंख्यकहरुको गौरव महिना

यौनिक अल्पसंख्यकहरुको गौरव महिना

दैलेख – सन् १९६९ जुन २८ तारिकका दिन अमेरिकाको न्यूयोर्क राज्यस्थित स्टोनवाल इन नामक एउटा बारमा समलिङ्गी पुरुषहरु र प्रहरीबीच झडप हुँदा दङ्गा भड्किंदा प्रहरीले करिब २०० मानिसलाई सडकमा कुटेको थियो ।

त्यो घटनालाई स्मरण गर्दै विश्वभरका लै्िङ्गक तथा यौनिक अल्पसंख्यक समुदायले जुन महिनालाई प्राइड मन्थका रुपमा मनाउन थालेका छन । नेपालमा पनि जुन महिनामा विभिन्न कार्यक्रम गरेर प्राइड मन्थ मनाउने गरिन्छ ।

त्यसको एक महिनापछि न्यूयोर्कमा समलिङ्गीहरुले समानताको माग गर्दै खुला रुपमा पहिलो जुलुस निकाले । जुन महिनालाई नै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको पहिचान र अधिकारको इतिहाससँग जोडेर प्राइड मन्थ मनाउन थालिएको हो ।

प्राईड परेड
प्राइड परेडमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले आफ्नो पहिचान खुलाएर सडकमा आउने गर्छन् उनीहरुले आफ्नो समुदायको प्रतिनिधित्व गर्ने झण्डा, व्यानर र पोशाक लाएका हुन्छन् ।

नेपाली समाजमा कैयौं यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले अहिले पनि दोहारो जीवन अर्थात् आफ्नो पहिचान लुकाएर बस्नुपर्ने बाध्यता रहेको छ । तर यस दिन उनीहरु खुलेर बाहिर आउने गर्छन् प्राइड मन्थमा यौनिकतालाई खुलेर मनाउने अवसर हो ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले सुनिने र देखिने गरी अधिकार सुनिश्चितताका लागि आवाज उठाउनका लागि पनि प्राइड परेड हुने गर्छ यसको उद्देश्य जनचेतना अभिबृद्धि गर्नु पनि हो । त्यसैले जुन महिनाभर जनचेतनामुलक कार्यक्रम गर्ने, विभिन्न ¥याली, प्राइड परेड जस्ता कार्यक्रमहरु गरिन्छ ।

यसैबीच सेभ द चिल्ड्रेन र सोसेक नेपालको साझेदारी र गुराँस गाउँपालिकाको समन्वयमा संचालित एलजीबीटीआईक्यू परियोजना सम्वन्धि कार्यक्रम अन्तर्गत बुधवार गुराँस गाउँपालिकामा गौरवको महिना विभिन्न कार्यक्रम गरी मनाइयो ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिका र युवाहरुको अधिकार संरक्षण र समाववेशीता ( एलजीबीटीआईक्यू) परियोजना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार र पहिचान सँग सम्वन्धित छ ।

गुराँस गाउँपालिकामा सचेतना कार्यक्रम
उक्त कार्यक्रमको अध्यक्षता गुराँस गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बमबहादुर केसीको अध्यक्षतामा सचेतना मूलक सञ्चालन भएको थियो । सोसेक नेपाल सहयात्रा दोस्रो परियोजनाका बाल अधिकार शासन तथा बाल संरक्षण संयोजक निर्मल अधिकारी र गौरव महिनाको इतिहास तथा अवधारणाको बारेमा यस परियोजनाका परियोजना संयोजक प्रभा डाँगीले प्रष्ट्याउनुभएको थियो ।

कार्यक्रममा गुराँस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केसी, सेभ चिल्ड्रेनका परियोजना संयोजक श्री टिका बिक, गुराँस प्रहरी चौकीका ईन्चार्ज मोहनप्रसाद पुजारा र सरोकारवालाहरुको उपस्थिति थियो ।

त्यसबखत एलजीबीटीआईक्यू परियोजनाका परियोजना संयोजक प्रभा डाँगीले हाम्रो समाजमा स्त्रीलीङ्ग र पुलिङ्गको परिभाषामा नपर्ने लिङ्ग भएका मानिसहरु पनि भएको जसलाई अन्तलिङ्गी भनिने र उनीहरुको पहिचानमा प्रश्न उठाउनु गलत भएको व्याख्या गर्नुभयो ।

यौन अभिमुखिकरण, लैङ्गिक पहिचान, लैङ्गिक प्रस्तुती र यौन विशेषताको आधारमा विविध लैङ्गिकता भएको र उनीहरुलाई जस्ताको स्वीकार्नु पर्ने, भेदभाव नगर्ने र सरकारका नीति तथा कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका अधिकार र सवाल समेटिनु पर्ने कुरामा उहाँले जोड दिनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत केसीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको सम्मान, उनीहरुको अधिकार संरक्षण, समावेशीता, सामाजिक स्वीकृतिको लागि यो कार्यक्रम मनाइएको र उनीहरुको भावनाको सम्मान गर्नुपर्ने कुरा बताउनु भयो ।

उहाँले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई पालिकाको बजेटमा समेटेको र चालु आर्थिक वर्ष ०७९÷०८० मा आयआर्जन सहयोग समेत गरिसकेको सुनाउनुनुभयो ।

 

 

प्रतिक्रिया