बालविवाह अन्त्य सवालमा सचेतना कार्यक्रम

बालविवाह अन्त्य सवालमा सचेतना कार्यक्रम

दैलेख – भैंसेखोर प्रहरी चौकीसंगको समन्वयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले भैंसेखोरमा बालविवाह अन्त्य सम्वन्धी समुदायस्तरको सचेतना कार्यक्रम सम्पन्न भएको छ । बालविवाहले निम्त्याउने बहुविवाह, घरेलु हिंसा लगायतका समस्या विषयमा सचेतना दिइएको थियो ।

भैंसेखोर प्रहरी चौकीका इञ्चार्ज प्रहरी हवल्दार नरेन्द्र चन्दले बालविवाह गराएको घटनाहरुमा अभिभावकले मुद्दा खेप्न थालेपछि बालबालिकाहरुले बालविवाह गर्ने गरेका समस्या सुनाउनुभयो । उहाँले बालबालिकाहरुले २० वर्ष नपुग्दासम्म शिक्षा र जीविकोपार्जन सीपमा ध्यान दिन सुझाउनुभयो ।

त्यसबखत युवा अभियन्ता सुनिता सुनारले बालिका माथि हुने यौन दुव्र्यवहार तथा बलात्कारजन्य घटनाबाट जोगिने सीप र ज्ञान आवश्यकता दर्शाउनुभयो । उमेर पुगेको महिलाको तुलनामा बालिकाहरु असुरक्षित हुन थालेपछि आफू लगायतका अभियन्ताले स्वयसेवी रुपमा किशोरी आत्मरक्षा अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा अर्का युवा अभियन्ता प्रतिमा थापाले यौन दुव्र्यवहार र बलात्कारजन्य अपराधिक सोचमा मानिसहरुको बोली, व्यवहार र चालचलन थाहा पाउने तरिका र जोगिने उपाय बारे सजीकरण गर्नुभएको थियो ।

इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले बालविवाहले पैदा गर्ने आर्थिक, सामाजिक क्षति र बालविवाह अन्त्यका लागि समुदायको अग्रसरता सवालमा प्रकाश पार्नुभएको थियो । उहाँले बालविवाह अन्त्यका लागि सरकारले गुणस्तरीय शिक्षा र रोजगारी अवसरहरु सिर्जना गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया