दैलेख सदरमुकामको खानेपानी आजैदेखि खुलाइने

दैलेख सदरमुकामको खानेपानी आजैदेखि खुलाइने

जिल्ला सदरमुकाम नारायण नगरपालिकाको अधिकांश क्षेत्रलाई खानेपानी उपलब्ध भइरहेको मुहान रहेकोको ठाउँ नौमूले गाउँपालिका–२ बालुवाटारका स्थानीयले अबरोध गरेका छन् । त्यस ठाउँमा टेलिफोनको बीटीएस टावर, स्वास्थ्य चौकी, विद्यालय भवन र विधुतीकरणको माग राखी सहारे मुहानबाट पानी अवराेध गरिएकाे हाे ।

दैलेख – ३५ किलोमीटर टाढाबाट जिल्ला सदरमुकाममा खानेपानी आपूर्ति भइरहेको मुहान क्षेत्रमा सहमति अनुसार विकास पूर्वाधार नदिइएको भन्दै स्थानीयले अवरोध गरी दिएपछि सदरमुकाममा तीनदेखि खानेपानी आपूर्ति अवरुद्ध भएको छ ।

जिल्ला प्रशासन कार्यालयको पहलमा खानेपानी आपूर्तिमा अवरोध पु¥याएको पक्ष र दैलेखका राजनीतिक दलहरु समेत सर्वपक्षीय छलफलबाट स्थानीयहरुको मागका विषयमा सोमबार सकारात्मक पहल गर्ने र तत्काल खानेपानी अबरोध हटाउने निर्णय गरेको छ ।

जिल्ला सदरमुकाम नारायण नगरपालिकाको अधिकांश क्षेत्रलाई खानेपानी उपलब्ध भइरहेको मुहान रहेकोको ठाउँ नौमूले गाउँपालिका–२ बालुवाटारका स्थानीयले अबरोध गरेका हुन् । त्यस ठाउँमा टेलिफोनको बीटीएस टावर, स्वास्थ्य चौकी, विद्यालय भवन र विधुतीकरणको माग राखिएको छ ।

पानी सदरमुकामलाई अपूरो भएपछि २०६७ मा ३५ किलोमीटर टाढाको सहारेखोलाको पानी सदरमुकामको २ लाख घनमीटर ट्यांकीमा खसालिएको थियो ।

२५ वर्ष अघि सहारे खानेपानी मुहान प्रस्तावकै बेला अर्थात त्यसबेलाको बालुवाटार गाविसका स्थानीयले स्वास्थ्य चौकी, विद्यालय भवनको माग गरेको थिए । आयोजना निर्माण गरी पानी सञ्चालन थालिएपछि १३ वर्ष अघिदेखि अहिले नौमूले गाउँपालिका–२ मा रहेको त्यहाँका बासिन्दाले टेलिफोनको बीटीएस टावर र विधुतीकरणको माग माग थपेका हुन् ।

सोमबार प्रशासन कार्यालयमा आयोजना भएको सर्वपक्षीय बैठकमा प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले विकास पूर्वाधारको लागि पहल गर्दै गर्नुपर्छ तर खानेपानी आपूर्तिमा अबरोध गर्नु गम्भीर अपराध हुने टिप्पणी गर्नुभयो । उहाँले बल प्रयोग गरेर पनि खानेपानी सुचारु गरिने बताउनुभयो ।

त्यसबखत नौमूले गाउँपालिका–२ का वडाध्यक्ष दुर्गाप्रसाद न्यौपानेले दुई दशक अघिदेखि राखिएको माग पूरा नभएकोले स्थानीयहरुले आक्रोसित भएर खानेपानी आपूर्ति अवरोध गरेकाले विकास पूर्वाधारको प्रत्याभूती दिइनुपर्ने माग राख्नुभयो ।

दैलेखका राजनीतिक दलका प्रमुखहरु, सुरक्षा अधिकारीहरु, जनप्रतिनिधि र सरोकारवाला समेत २७ जना सहभागिता रहेको वैठकमा खानेपानी आपूर्तिमा अवरोध पु¥याएको पक्षको तर्फबाट नौमूले गाउँपालिका–२ का वडाध्यक्ष दुर्गाप्रसाद न्यौपाने एक्लो हुनुहुन्थ्यो ।
पटकपटकका सहमति र सम्झौताहरु बेवास्ता भएको कारण स्थानीयहरु आक्रोसित भएको कारण सहारेको खानेपानी उपभोग गरिरहेको नारायण नगर सरकार, राजनीतिक दल, स्थानीय प्रशासन समेत त्यहाँ पुगेर स्थानीयलाई रिझाउन वडाध्यक्ष न्यौपानेको आग्रह छ ।

प्रतिक्रिया