बिषालु च्याउ खाएर चार बालबालिका बिरामी

बिषालु च्याउ खाएर चार बालबालिका बिरामी

बिषालु च्याउ खादा एकै परिवारका चार जना बिरामी

दैलेख – महाबु गाउँपालिका–२ डुंग्रीमा जङ्गली बिषालु च्याउ खादा एकै परिवारका चार जना बिरामी परेका छन् । आज बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा बिरामी परेका महाबु गाउँपालिका–२ का वडा सदस्य पशुपति सुनारले जानकारी दिनुभयो ।

उहाँका छोराहरु तीन छोरा गणेश बिक(१८), धर्मराज बिक (१४), तिलक बिक(१०) र एक छोरी भगवती बिक (१६) रहेका बताइएको छ । दैलेख अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको दैलेख अस्पतालका डा. सुशीला कटुवालले जानकारी दिनुभयो ।

बुबा मानबहादुर बिक र आमा कौशिला बिक घाँसपात गर्न गएको मौकामा आमाले पकाइराखेको च्याउ खाँदा ती चारै बालबालिकाकाहरु हुल्हुल्ती छाद्न थालेपछि छिमेकीले थाहा पाएपछि उपचारको प्रया गरिएको थियो ।

च्याउ खाएका मध्ये सबै भन्दा सानो बालक तिलकको अवस्था गम्भीर अवस्था रहेको डा. कटुवालले बताउनुभयो । अरू तीन जनाकाे अवस्था कम जाेखिम भए पनि साथै हुँदा सजिलाे हाेस् भनेर चारै जनालाई कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया