युवा शक्तिलाई सुमार्ग शिक्षा जरुरी

युवा शक्तिलाई सुमार्ग शिक्षा जरुरी

दैलेख, पुस १५ – लाँकुरीको जनकल्याण मावि सेर्माकोटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र बिकले युवा जनशक्तिलाई सुमार्ग लगाउन शिक्षा र मागदर्शन आवश्यक पर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को इएलपी परियोजना अन्तर सो विद्यालयमा युवा समूह गठन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । youth
कार्यक्रममा जनकल्याण मावि सेर्माकोटका प्रधानाध्यापक रामजीवन खङ्गले मानवअधिकारको क्षेत्र बृहत रहको उल्लेख गर्दै युवाको उचित शिक्षा र बृतिविकासमा गरिएको लगानीले असल नागरिक तयार गर्न र राज्यको समृद्धिमा टेवा पुग्ने धारणा राख्नुभयो ।
अभिभावकहरु रुद्रबहादुर बिष्ट, तुलाराम खड्का, कर्णबहादुर बिष्ट, लिलावती बिष्ट लगायतले इन्सेकको मानवअधिकार अभियान र सामाजिक विकास विषयमा प्रकाश पानुभएको थियो । मानवअधिकार निगरानी समूहका संयोजक शेरबहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रचना बिकको अध्यक्षतामा १० सदस्यीय युवा समूह गठन गरिएको छ ।
युवा समूह सदस्यहरुमा जनकल्याण मावि सेर्माकोटका विद्यार्थीहरु दुर्गा थापा, कल्पना बिष्ट, बीरबहादुर खत्री, सुनिता वली, बेलकुमारी खत्री, टीकाकुमारी गुरुङ्ग, कमला गिरी, कृष्णा रोकाय र सर्केश बिक सर्वसम्मतीमा चुनिनुभएको छ ।

प्रतिक्रिया