स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न हाट बजार

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न हाट बजार

सुर्खेत –  वीरेन्द्रनगर नगरपालिकाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न हाट बजार संचालनमा ल्याएको छ ।
कृषकहरुले उत्पादन गरेको कृषि उपज विक्रि वितरण गर्न सक्नेगरी वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा हाट बजार संचालनमा ल्याएको हो ।

१० लाख रकम लगानी गरेर संचालनमा ल्याइएको हाट बजारको शुक्रबार उद्घाटन गरिएको छ ।
नगरपालिका प्रमुख मोहनमायाँ ढकालले उक्त हाट बजारको औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख ढकालले लामो प्रयासपछि आफुहरुले हाटबजार संचालनमा ल्याउन सकेको भन्दै यसले बजार व्यवस्थापनसँगै कृषकलाई सम्मान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कृषि प्रधान देशका नागरिक रहेको भन्दै कृषि उत्पादनमा जोडिएर आत्म निर्भर हुन आवश्यक रहेको औल्याउनुभयो । उहाले भन्नुभयो, “यो हाटबजारले कृषकहरुलाई आफ्ना उत्पादन आफै बेच्न सहज भएको छ, हामी कृषि प्रधान देशका नागरिक भएको हुँदा कृषि उत्पादनलाई जोड दिनुपर्छ अनि मात्रै आत्म निर्भर हुन सक्छौँ ।” उहाँले वडा नम्बर १ र २ लाई समेटेर समेत यस्तै कृषि हाटबजार संचालनमा ल्याउने योजना नगरपालिकाको रहेको उहाको भनाई छ ।
नगरपालिकाले कृषि क्षेत्रबाट आत्मनिर्भर स्वरोजगार बनाउने नीति लिएको बताउनुभयो ।

कार्यक्रममा नगरपालिका उपप्रमुख निलकण्ठ खनालले पनि अहिले मानिसहरु किनेर खाने आफुहरुले उत्पादन नगर्ने प्रवित्तिमा रमाइरहेको भन्दै उत्पादनमा जोडिन आवश्यक रहेको बताउनुभयो । उहाँले कम्तीमा आफुलाई पुग्नेगरी कौशी खेतीमा भएपनि खेती गर्नतर्फ अग्रसर हुन सुझाव दिनुभयो ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर १० का वडा अध्यक्ष डिल बहादुर रखालले आफ्नो कार्यकालभरी कृषि क्षेत्रबाट समृद्धीको आधार तय गर्ने बताउनुभएको छ ।

 

प्रतिक्रिया