सेवा प्रवाहमा नागरिकलाई सहज बनाउन घरघरमा प्रहरीको नम्बर सहितको स्टिकर

सेवा प्रवाहमा नागरिकलाई सहज बनाउन घरघरमा प्रहरीको नम्बर सहितको स्टिकर

सुर्खेत –   कर्णाली प्रदेशका सबै घरघरमा प्रहरीको फोन नम्बर सहितको स्टिकर टाँस अभियान सुरू भएको छ । सेवा प्रवाहमा नागरिकलाई सहज र सजिलो होस भन्नाले उक्त अभियान सुरू गरिएको हो ।

आफु असुरक्षित भएमा अथवा संकास्पत बस्तु फेला पारेमा वा अन्य केही सम्स्या परेमा घर नजिकैको प्रहरीलाई खबर गर्ने सकिनेछ । स्टिकर अभियानमा ३ हजार प्रहरी खटिने छन् भने ३ महिनामा सम्पन्न गर्ने योजना रहेको कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआईजी) भिम प्रसाद ढकालले बताउनुभयो ।

स्टिकर टाँस अभियानको शुभारभ उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले गर्नुभएको हो । उहाँसगैँ कर्णाली आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसी र वीरेन्द्रनगरका सुर्खेतका प्रमुख मोहनमाया ढकालले शुभारम्भ गर्नुभएको हो ।

स्टिकर टाँस अभियान वीरेन्द्रनगर २ कोलडाडाका घरहरूबाट सुरु गरिएको हो । कर्णाली प्रदेशका रहेका दश वटा जिल्लाहरुमा रहेका ३ लाख ७१ हजार भन्दा बढि घरधुरिहरूमा प्रहरीको फोन नम्बर भएको स्टिकर प्रत्येक घरहरूको मुख्य ढोकामा टाँसिने (डिआईजी) ढकालले बताउनुभयो ।

प्रतिक्रिया