एक महिनामा ७ करोड बढीको तरकारी निकासी

एक महिनामा ७ करोड बढीको तरकारी निकासी


सल्यान -   सल्यानबाट एक महिनाको अवधिमा ७ करोडभन्दा बढीको ताजा तरकारी तथा फलफूल निकासी भएको छ।

गत असार १ गतेदेखि ३१ गतेसम्म १३ लाख १९ हजार ३३५ किलोग्राम तरकारी बिक्री हुँदा सल्यानका किसानले सात करोड २९ हजार १०६ रुपैयाँ प्राप्त गरेको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटले जानकारी दिएको छ।

समितिका अनुसार ४ लाख ९५ हजार २१४ किलोग्राम टमाटर बिक्रीबाट ३ करोड ७० लाख ३ हजार २६८ रुपैयाँ, ३ लाख ४२ हजार ७७२ किलोग्राम बन्दागोबीबाट ३० लाख ८४ हजार ९४८ रुपैयाँ, ८९ हजार ६ सय  काउलीबाट ६२ लाख ७२ हजार रुपैयाँ, ९७ हजार ६५४ किलोग्राम सिमीबाट १ करोड २२ लाख ७ हजार २५० रुपैयाँ, १ लाख ८९ हजार ४२० किलोग्राम भेडे खुर्सानीबाट १ हजार ३६ लाख ३८ हजार २४० रुपैयाँ र १० हजार ५५० किलो हरियो खुर्सानीबाट १३ लाख १८ हजार ७५० रुपैयाँ भित्रिएको छ।

यस्तै १९ हजार ५ सय किलोग्राम माछे खुर्सानीबाट ५८ लाख ५० हजार रुपैयाँ, ९ सय ५५ किलोग्राम अकबरे खुर्सानीबाट १५ लाख २८ हजार रुपैयाँ, ५३ हजार १३० किलोग्राम काँक्रो बिक्रीबाट १५ लाख ९३ हजार ९ सय रुपैयाँ, ५ हजार ७३० किलोग्राम मुलाबाट ८५ हजार ९५० रुपैयाँ, ५ हजार ७ सय किलोग्राम पुरानो अदुवा (बुर्नी) बाट १० लाख २६ हजार रुपैयाँ, ५३० किलोग्राम सागबाट ५३ हजार रुपैयाँ, ७ हजार किलोग्राम नास्पातीबाट १० लाख ५ हजार रुपैयाँ र १ हजार ५८० किलोग्राम लसुनबाट १२ लाख ६४ हजार रुपैयाँ किसानले आम्दानी गर्न सफल भएको कृषि उपज बजार सञ्चाक समितिका सचिव तिलक शर्माले बताउनुभयो ।

सल्यान ताजा तरकारी तथा फलफूलका लागि आत्मनिर्भर छ। बेमौसमी तरकारी बजारमा करिब ४० प्रतिशत उत्पादन सल्यानले गर्ने गर्दछ। सल्यानको कपुरकोटमा सबैभन्दा धेरै तरकारी उत्पादन हुने गर्दछ। -सल्यानखबर

प्रतिक्रिया