लम्पी स्किनबाट प्रभावित किसानलाई राहतको व्यवस्था गर्न माग

लम्पी स्किनबाट प्रभावित किसानलाई राहतको व्यवस्था गर्न माग


सल्यान -  नेपाल पाराभेटेरीनरी एण्ड लाईभष्टक एशोसिएशन जिल्ला कार्यसमिती सल्यानले लम्पी स्किनबाट प्रभावित किसानलाई राहतको व्यवस्था गर्न माग गरेको छ । आइतवार जिल्ला प्रशासन कार्यालय सल्यान मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदैँ लम्पी स्किन रोगबाट मृत्यु भएका पशुहरु र प्रत्यक्ष रुपमा प्रभावित भएका कृषक तथा व्यवसायिहरुलाई राहत हुने खालका कार्यक्रम सञ्चालन गर्न माग गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्कालाई ज्ञापन पत्र बुझाउदैँ एशोसिएशनका जिल्ला कार्यवाहक अध्यक्ष गंगालाल ओली र सचिव डिल्ली बहादुर वलीले लम्पी स्किनको अवस्था देशभर भयावह हुदै गएकाले अहिलेको अवस्थालाई संकटकाल घोषणा गर्न माग गर्नुभएको छ । ‘लम्पी स्किनको नियन्त्रणका लागि ठोस योजना बनाएर आवश्यक औषधि र खोपको व्यवस्था गरिनुपर्छ’ ज्ञापन पत्रमा भरिएको छ ।

लम्पी स्किनको नियन्त्रण र उपचारका लागि पशु चिकित्सक र पशु प्राविधिकलाई सशक्त रुपमा परिचालन गरिनुपर्ने, सबैक्षेत्रमा प्रर्याप्त औषधिको व्यवस्था गरिनुपर्ने, बिमा गरिएका पशुहरुको बिमा बाफतको क्षतिपुर्ति रकम उपलब्ध गराइनुपर्ने ज्ञापन पत्रमा माग गरिएको छ ।

प्रतिक्रिया