वडाअध्यक्ष कृष्ण बहादुर बोहराको नेतृत्वमा सडकको मर्मतसम्भार

वडाअध्यक्ष कृष्ण बहादुर बोहराको नेतृत्वमा सडकको मर्मतसम्भार


सल्यान-  जिल्लाको शारदा नगरपालिका १० का वडाअध्यक्ष कृष्ण बहादुर बोहराको नेतृत्वमा सडकको मर्मतसम्भार गरिएको छ । खलंगा मार्के मधाना हुदैँ लक्ष्मीपुर र खैरावाङ जाने सडकको मधानाक्षेत्रमा सोमबार मर्मत गरिएको हो । 

मधानाको विच गाउँमा सडकमा ठुला खाल्डाखुल्डी हुदा सवारीसाधन सञ्चालन तथा स्थानियलाई आवतजावतमा समस्या हुने गरेको थियो ।

आवातजावतमा सहजता बनाउन र विकास निर्माणका कार्यमा जनसहभागिता बढाउनको लागि जनप्रतिनिधि र स्थानियको सहभागितामा सडक मर्मत गरिएको हो । सालचौरबाट ७ ट्याक्टर ढुंगा बोकाएर सडक मर्मत गरिएको हो । 

सडक मर्मत कार्यमा करिब २५ जना बढी स्थानियको सहभागिता रहेको थियो ।

प्रतिक्रिया