लम्पी स्किन रोगको महामारी चलिरहेकै बेला प्रयोगशाला बन्द, सिंहदरबार धाउँदै कृषि मन्त्री

लम्पी स्किन रोगको महामारी चलिरहेकै बेला प्रयोगशाला बन्द, सिंहदरबार धाउँदै कृषि मन्त्री


सुर्खेत -   सङ्घ सरकार मातहत रहेको कर्णालीको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला बन्द गएको छ । 

१५ साउनमा एक सूचना जारी गर्दै सेवा प्रवाह बन्द गरिएको जानकारी गराइएको थियो ।  पशुहरूमा लम्पी स्किन रोगको महामारी चलिरहेकै बेला प्रयोगशाला बन्द भएपछि कर्णालीका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले सिंहदरबार पुगेर पहल थालेका छन् । 

उनले सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसाललाई भेटेर प्रयोगशाला सञ्चालन गर्न आग्रह गरेका हुन् ।

लम्पी स्किन रोग कर्णालीमा नियन्त्रण भन्दा बाहिर जान थालेको समयमा प्रयोगशाला बन्द हुनुमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै शर्माले भुसालसँग प्रयोगशाला सञ्चालनका लागि बजेट व्यवस्थापन गरिनुपर्ने बताउनुभयो  । 

प्रतिक्रिया