भैँसी पालनमा व्यवसायमा रमाउँदै दीप बहादुर !

भैँसी पालनमा व्यवसायमा रमाउँदै दीप बहादुर !

सल्यान-  जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १ दीप बहादुर बस्नेतले व्यावसायिक भैसीपालनमा चार वर्षदेखि रमाउँदै आइरहनु भएको छ ।  मेहनत र पसिना बगाउन सके स्वदेशमा पनि  गरेपछि केही हुन्छ भन्ने उदाहरण बन्दै उहाँले फर्म साना ठुला गरेर २३ वटा भैँसी पाल्दै आउनु भएको छ  । जसमा ६ वटा भैँसीले दूध दिन्छन् । २०७७  सालदेखि  जनप्रिय भैँसी  पालन फर्मका नाममा  ३ वटा भैँसीबाट व्यवसाय सुरु गर्नु भएको हो । 

वैदेशिक रोजगारीमा जाने प्रवृत्तिका बाबजुद बस्नेतले भँसी  पालनबाट मासिक ८० हजार बढी आम्दानी गर्दै आइरहनु भएको छ ।  इच्छाशक्ति र परिश्रमले मानवीय जीवनलाई सफल बनाउँछ भन्ने उदाहरणीय बन्नुभएको छ ।  ७० रुपैयाँ लिटर बजारमा दूध बिक्री गर्न गरेको उहाँले बताउनुभयो । उत्पादन गरेको दूधलाई बजारीकरण गर्न  समस्या भएको बस्नेतको भनाई छ । उहाँले भन्नु भयो घरघर गएर मेरो दूध, दही खाइदिनु भन्नू पर्ने अवस्था  छ ।  

आफ्नो फममा बिधुत नभएको त्यसको सारै समस्याले भँसीलाई पानी खुवाउन समेत समस्या भएको समेत बताउनु भएको छ । फम नजिकै तल बनगाड खोला बगिरहेको छ तर घरमा खानेपानी समस्या भएको उहाँको भनाई छ । फम भिरालो ठाउँमा भएकोले बनगाड खोलाको कारण उच्च जोखिम रहेको समेत बताउनुभएको छ ।  जस्तो पानी विधुत भएमा अझै धेरै भैँसी पालन गर्न सक्ने समेत बताउनु भएको छ । दूध सङ्कलनको लागि डेरी वा सहकारी संस्थाको आवश्यक रहेको समेत बताउनु भएको छ । थोरै लगानीबाट व्यावसायिक भैंसीपालन सुरु गर्नु भएका बस्नेतले व्यवसायलाई व्यवस्थित गरेरै अगाडि बढाउने सोच रहेको बताउनुभयो । 

पैसा कमाउन र जीविकोपार्जन गर्न जागिर खानै पर्छ वा विदेश जानै पर्छ भन्ने छैन, आफूले पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय राम्रो क्षेत्रका रुपमा साबित हुने उहाँको बुझाइ छ ।

राज्य नारामा मात्र सीमित नभई कृषि व्यवसायमा लाग्नेलाई व्यावहारिक रुपमा सहयोग गरेर कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनसके कृषिमा आत्मनिर्भर हुनेको सङ्ख्या बढ्ने उहाँको धारणा छ । उत्पादित कृषि सामग्रीलाई उचित बजारको व्यवस्था गर्न सकेमा किसानलाई थप हौसला प्राप्त हुने उहाँको अनुभव छ । सल्यानखबर

प्रतिक्रिया