बालकको उपचारका लागि सहयोगको याचना

बालकको उपचारका लागि सहयोगको याचना

सल्यान -  रक्त (ब्लड) क्यान्सर भएका सल्यान बनगाड कुपिण्डे नगरपालिकाका एक बालकको उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन् । 

सल्यानको बनगाड कुपिण्डे नगरपालिका ७ घाँजरी भई हाल कोहलपुर नगरपालिका १४ मा बस्दै आएका ८ वर्षीय निरज बुढा मगरको परिवारले आर्थिक सहयोगको याचना गरेका हुन । भएको थोरै सम्पत्ति उपचारका सकिएको अहिले आर्थिक अवस्था कमजोर भएको भन्दै परिवारले सहयोगको याचना गरेका छन् । उनको बाल अस्पताल ललितपुरमा उपचार भइरहेको छ । 

आर्थिक उपार्जको कुनै पेशा नभएकाले हालसम्म १० लाख भन्दा बढी खर्च भइसकेको र अझै शोही अनुमानमा खर्च हुने भएकाले बाध्य भएर सबैसँग सहयोग माग्नु परेको आमा आशा बुढाले बताउनु भयो । सहयोगी मनहरुले लक्ष्मी सनराइन बैंक हात्तिवन शाखामा वर्षा बुढामगरको खाता न 3011308245025001 जम्मा गर्न सक्नु हुने र फोन न 9749979834 पनि सम्पर्क गर्न सक्नु हुने उहाँको भनाई छ । 

उहाँको सहयोगका लागि सामाजिक अभियान पनि सञ्चालन गरिएको छ । सामाजिक अभियन्ताहरु लोकेश बुढा मगर+918180938999, तिलक चिन्तन +917841991948 प्रकाश क्षेत्री +918888656047 सँग सम्पर्क गर्न सक्नु हुने छ । 

प्रतिक्रिया