बालविवाह न्युनिकरणका लागि सडक नाटक

बालविवाह न्युनिकरणका लागि सडक नाटक

रुकुम पश्चिम-   रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ स्थित बालमन्दिरमा बालविवाह न्युनिकरणका लागि सडक नाटक प्रर्दशन गरिएको छ ।

मानव विकास तथा  सामुदायिक  सेवा एचडिसीएस चौरजहारीले बालमन्दिर प्राङ्गणमा बालविवाह न्युनिकरण सम्बन्धी सडक नाटक प्रर्दशन गरेको हो । उमेर नपुग्दै गरिने विवाहले व्यक्ति, घर परिवार र समाजले भोग्नु परेको समस्याका बारेमा बालबालिकाले नाटक मार्फत प्रर्दशन गरेका थिए ।

सानै उमेरमा विवाह गरी घर भित्रिएकि बुहारीले घर परिवारबाट भोग्नु परेको हिंसा, आर्थिक अभावले श्रीमान विदेसिनुको पीडा, गर्भवति हुँदा समयमै उपचार नपाउदा ज्यानै गुमाउनु परेको दुखदायी घटनाको बारेमा बालबालिकाले सडक नाटक मार्फत सचेत गराएका थिए ।

बालविवाह न्युनिकरण गर्न र घर परिवारमा जो कोही सदस्य बिरामी पर्दा धामी झाँक्रीको विस्वास  नगरेर तत्काल  अस्पताल पुर्याउन सन्देश दिने उदे्श्यले सडक नाटक प्रदर्शनी गरिएको मानव विकास तथा सामुदायिक सेवा एचडिसिएसले जनाएको छ ।

सडक नाटक प्रर्दशनीमा मानव विकास तथा सामुदायिक सेवा एचडिसिएसका कर्मचारी, विद्यार्थी लगायत स्थानीय बजारवासीको उपस्थित रहेको थियो ।-कखरा

प्रतिक्रिया