कतारविरुद्ध नेपाल ९ विकेटले विजयी

कतारविरुद्ध नेपाल ९ विकेटले विजयी

काठमाडौं -  आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले लगातार चौथो जित निकालेको छ ।

सोमबार भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गरेको हो । नेपालले पाएको ७५ रनको लक्ष्य १० ओभर ३ बलमा नै पुरा ग¥यो ।

नेपालमा जितमा काजोल श्रेष्ठले ३२ रन बनाइन् । यस्तै सीता राना मगरले १७ र इन्दु बर्माले नट आउट २० रन जोडिन् । इन्दुले १२ बलमा २० रन बनाएकी हुन् । सीताले २३ मा १७ रन र कविताले २८ बल खेल्दै ३२ रन बनाएकी हुन् । यो जितसँगै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन, बहराइनलाई १० विकेट र भुटानलाई ३ विकेटले हराएको थियो । नेपालले अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।

प्रतिक्रिया