समुदायमा जनचेतनामुलक सडक नाटक कार्यक्रम

समुदायमा जनचेतनामुलक सडक नाटक कार्यक्रम

जाजरकोट -  जाजरकोटको नलगाड नगरपालिकामा समुदायमा घरेलु हिंसा लगायत १०९८ को बारमा छलफल गरिएको छ ।

जाजरकोटको नलगाड नगरपालिका १,२,३,५, र ७ नम्बर वडामा उक्त छलफल गरिएको हो । युनिसेफ र आवाज सस्थाको साझेदारीमा कर्णाली प्रदेशमा बाल बिबाह रोकथाम तथा न्यूनीकरण परियोजना अन्तरगत जाजरकोटको नलगाड नगरपालिकामा भुकम्प प्रभावित क्षेत्र नलगाड  नगरपालिकाको समन्वयमा नलगाडका विभिन्न ठाँउहरुमा उक्त छलफल कार्यक्रम गरिएके हो ।

उक्त छलफलमा  समुदायमा  जनचेतनामुलक र समुदाय स्तरमा घरेलु हिंसा बाल बिबाह  महिनावारी विभेद, जबर्जस्ती करनी र बालहेल्पलाइन १०९८ को बारेमा  छलफल गरिएको थियो  ।

साथै देखाएको यस्तो सडक नाटकले समुदायलाई सचेत गराउन मदत गर्ने बताइएको छ । समुदाय स्तरमा देखाएको सडकनाटक प्रभावकारी भएको बताइएको छ ।  वडाका वडा सदस्यहरुले सडक नाटहरु हेरेर यस्तो खालको सडक नाटक सबै ठाँउको समुदाय  र विद्यालय मा आबश्यक रहेको बताउनुभयो । 

प्रतिक्रिया