प्रवासी बिष्णुले वीर बहादुरको उपचारको लागि जुटाए २ लाख

प्रवासी बिष्णुले वीर बहादुरको उपचारको लागि जुटाए २ लाख

काठमाडौँ –   गत मंसिरमा दैलेखको महाबु गाउँपालिका १  का वीर बहादुर खत्री भिरबाट लडेर घाइते हुनुभयो । उहाँको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा उहाँको जानबुझको मान्छे नभएपछि गाउँबाट ऋण लिएर लगेको ५० हजारपनि विभिन्न बाहानामा लुटेर लग्यो । भिरबाट लड्दा उहाँको घाँटीको हड्डि धुलिएको र रड राख्नको लागि समेत पैसा छैन  । घरको आर्थिक अवस्था दयनीय र कम्जोर भएका वीर बहादुर आर्थिक अवस्था नभएर अस्पतालको बेडमा छटपटिरहेका थिए ।

 उहाँलाई अहिले पनि आर्थिक सहयोगको आवश्यक छ । अस्पतालको बेडमा छटपटिरहेकै बेला भारतको अहमदावाद बस्ने प्रवासी नेपाली बिष्णु खत्रीले प्रवासीहरुसँग आर्थिक सहयोग माग्दै करिब दुइ लाख जम्मा गरेर वीर बहादुरलाई सहयोग गर्नुभएको छ । आर्थिक अभावले अस्पतालको बेडमा छट्पटिरहेका वीर बहादुरलाई प्रवासी नेपाली बिष्णु खत्रीले सहयोग गर्दा वीर बहादुरलाई भगवान प्रकट भएझै लागेको बताउनुहुन्छ । महाबु १ खरिगैरामा जन्म भएर हाल भारतको अहमदावादमा रहेर प्रवासी नेपाली र घरवासि नेपालीहरुको चर्केको घाउमा मलम लगाउदै आउनुभएको छ । प्रवासमा रहेका नेपाली प्रवासीबाट सहयोग जम्मा गर्दै सहयोग गर्दै आउनुभएको छ । 

प्रवासमा रहेर पनि घरवासमा अप्ठेरो पर्दा सबै प्रवासी सामु हात फैलाएर घरवासीको घाउमा मलम लगाउने काम गर्नुहुन्छ  ।  विष्णु, १५ वर्षीया उमेरमा आफ्नो परिवारलाई नेपालमा सहायता गर्न भारत आएका पुग्नुभएको थियो । भारतमा रहेर रातदिन मेहनत गरे प्रवासी नेपालीलाई सहयोग गर्न अग्रसर रहनुहुन्छ  । 

भारतमा रहेर आफ्नो यात्रामा, विष्णुको कथा अहिलेसम्म अस्पष्ट रोलबाट शुरु भएको छ । १५ वर्षको उमेरमा घर छोडेर परदेश गएका विष्णु अहिले घरवासीका लागि मलम बन्नुभएको छ । भारतमा रहेर होटलमा वेटर र एक हस्पतालमा हेल्पर समेत बनेर काम गरेको अनुभव उहाँसग छ । 


 

प्रतिक्रिया