कतारविरुद्ध नेपाल ९ विकेटले विजयी
![कतारविरुद्ध नेपाल ९ विकेटले विजयी](https://snowberry.prixacdn.net/media/gallery_folder/qtr_rJUtjn2QMP_gu7w5muoidghktu582cas47gio0klen0w6ffvz3dvoiketqcpje8vfu89hxd_PFE8cEf9st_dvpifytgse2kir1sneyxafy36yeajqmixc2qna9qdxfhhtkfmlpbpjwjrj1z.png)
काठमाडौं - आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले लगातार चौथो जित निकालेको छ ।
सोमबार भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गरेको हो । नेपालले पाएको ७५ रनको लक्ष्य १० ओभर ३ बलमा नै पुरा ग¥यो ।
नेपालमा जितमा काजोल श्रेष्ठले ३२ रन बनाइन् । यस्तै सीता राना मगरले १७ र इन्दु बर्माले नट आउट २० रन जोडिन् । इन्दुले १२ बलमा २० रन बनाएकी हुन् । सीताले २३ मा १७ रन र कविताले २८ बल खेल्दै ३२ रन बनाएकी हुन् । यो जितसँगै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको छ ।
नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन, बहराइनलाई १० विकेट र भुटानलाई ३ विकेटले हराएको थियो । नेपालले अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।
प्रतिक्रिया