कुमाखले ल्यायो ५८ करोड बढीको बजेट

कुमाखले ल्यायो ५८ करोड बढीको बजेट

सल्यान – चालु आर्थिक सुरु भएको दुई महिना पछि सल्यानको कुमाख गाउँपालिकाले नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । 

जनप्रतिनिधिहरुको आन्तरिक कलहका कारण असार १० भित्र बजेट ल्याइसक्नु पर्ने कानूनी बाध्यता भएपनि तीन महिना पछि पालिकाले बजेट ल्याएको छ ।  

अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार स्थानीय तहले १० असार भित्र अनिवार्य रुपमा बजेट ल्याउनु पर्ने हुन्छ । तर जनप्रतिनिधिको कलहका कारण तोकिएको अवधिभन्दा तीन महिना पुग्दै लाग्दा कुमाख गाउँपालिकाले बजेट ल्याएको छ । 

शुक्रवार बसेको १४ औँ अधिवेशनले  आर्थिक वर्ष २०८०/०८१ को लागि ५८ करोड २४ लाख  ७१ हजार ८ सय ९८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । 

कानुन अनुसार सम्बन्धित गाउँ नगर सभाबाट बजेट पेस भई स्वीकृत नभएसम्म स्थानीय तहले बजेट खर्च गर्न पाउँदैनन् ।

प्रतिक्रिया