स्वास्थ्य चौकीबाट मनोसामाजिक परामर्श सेवा प्रदान

स्वास्थ्य चौकीबाट मनोसामाजिक परामर्श सेवा प्रदान

सल्यान –  शारदा नगरपालिकाको वडा नम्बर ८मा रहेको मार्के स्वास्थ्य चौकीमा महिनामा ४ दिन मनोसामाजिक परामर्श सेवा शुरु भएको छ । सेवाग्राहीहरुको सहजताका लागी प्रत्येक महिनाको चार दिन मनोसामाजिक परामर्श सेवा प्रदान गरिने स्वास्थ्य चौकी इन्चार्ज शालीकराम विश्वकर्माले बताउनुभयो  ।

शारदा नगरपालिका र सीएमसी नेपालको सहकार्यमा संचालित प्रवासी कामदार तथा तिनका परिवारको मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवर्धन परियोजना अन्तरगत मार्के स्वास्थ्य चौकीलाइ रिफरल सेन्टरको रुपमा छनौट गरि सेवा शुरु भइ रहेपनि प्रत्येक महिनाको चार दिन ७,१४,२१ र २८ गते मनोपरामर्शकै लागी समय छुट्याइएको उहाँले बताउनुभयो ।

सीएमसीको प्राविधिक सहयोगमा स्वास्थ्यकर्मीले तालीम लिएर सेवा प्रदान गर्दै आएकोमा सेवालाइ अझै प्रभावकारी ढंगले अगाडी बनाउने उद्देश्यले मार्के स्वास्थ्य चौकीमा मनोपरामर्श कक्षको समेत व्यवस्थापन भइ सकेको उहाँले जानकारी दिनुभयो ।

यस्तै शारदा नगरपालिकाले वडा नम्बर ७ मा रहेको कजेरी स्वास्थ्य चौकीमा समेत मानसिक स्वास्थ्य तथा मनोपरामर्श सेवा विस्तार गरेको छ ।

पछिल्लो समय मानसिक तथा मनोसामाजिक समस्या विकराल रुपमा बढ्दै गएका नगरपालिकाको सहयोगमा सेवा विस्तार गरिएको स्वास्थ्य चौकी इन्चार्ज जिवराज शर्माले जानकारी दिनुभयो । उहाँले महिला स्वास्थ्य स्वयंसेविका मार्फत सेवा बारे समुदायका स्थानीयलाइ जानकारी गराइ सकेकोन्युनतम ६ महिनाको मनोपरामर्श सम्बन्धी तालीम प्राप्त मनोपरामर्शकर्ताले सेवाग्राहीको समस्या बुझ्न, भावनालाइ सामान्य बनाउन र समस्यामा कसरी काम गर्न सकिन्छ भनेर आफ्नोसीप र ज्ञानको उपयोग गरि प्रदान गरिने सेवा नै मनोपरामर्श सेवा हो ।

यस प्रकृयामा सेवाग्राहीलाइ सही जानकारी दिने,पर्याप्त समय दिइ सक्रिय भएर सुनिदिने,उपचारमा लैजानका लागी सहयोग गरिदिने अप्ठेरो अवस्थाबाट सुरक्षित अवस्थामा पु¥याउने,थप क्षति हुनबाट जोगाएर र आफन्तहरुसंगको सम्बन्ध स्थापित गराएर मनोसामाजिक सहयोग प्रदान गर्न सकिने सीएमसी नेपालका मनोसामाजिक परामर्शकर्ता मिना बुढाथोकीले जानकारी दिनुभयो ।-सल्यानटुडे

प्रतिक्रिया