सल्यानमा जिप दुर्घटना हुँदा १५ जना घाइते

सल्यानमा जिप दुर्घटना हुँदा १५ जना घाइते

सल्यान –  सल्यानमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका ५ तिर्थपोले स्थित भित्रि कच्ची सडकमा लेखपोखराबाट शारदा नगरपालिका १२ कागखोला आउँदै गरेको लु १ ज १८६१ नम्बरको जिप दुर्घटना भएको हो । 

स्थानीय र प्रहरीको सहयोगमा अहिले उद्दारको कार्य भइरहेको र घाइतेहरुलाई उपचारका लागि श्रीनगर तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले बताउनुभयो  । जिप सडकबाट करिब ६० मिटर तल खसेको छ । 

प्रतिक्रिया