राष्ट्रिय संगीतकर्मी संघ सल्यानको अध्यक्षमा पुन

राष्ट्रिय संगीतकर्मी संघ सल्यानको अध्यक्षमा पुन

सल्यान -  राष्ट्रिय संगीतकर्मी संघ सल्यानको  अध्यक्षमा चुडामणि पुन निर्वाचित हुनुभएको छ । बुधबार कपुरकोटमा सम्पन्न अधिवशेननले पुनको अध्यक्षतामा २५ सदस्सीय कार्यसमिति निर्वाचित गरेको हो । 

जसको बरिस्ठ उपाध्यक्षमा हुकुम साही, प्रथम उपाध्यक्ष तारा गिरि , उपाध्यक्ष कुल सिंह बि क,दिपसागर भण्डारी,महिला उपाध्यक्ष ओमसरा घर्ती, सचिव।पुनम, घर्ती,सह सचिव ।खिमा बोहरा,कोषाध्यक्ष कमल बुढामगर र सह कोषाध्यक्ष।कल्पना डाँगी रहनुभएको छ । 

  यस्तै सदस्यहरुमा श्रीजना गिरी आशिष डिसी, शंकर बुढा,पबित्र रावत,सिम्रन आरसी,एमुना पुन, कुमार बुढा,प्रकाश बि क, राजु पुन र प्रेम चलाउने रहनु भएको छ । ४ पछि मनोनित गर्ने गरी २५ सदस्सीय कार्यसमिति चयन भएको नवनिर्वाचित अध्यक्ष पुनले बताउनुभयो  । 

अधिवेशनले  सात सदस्सीय सल्लाहकार समिति समेत गठन गरेको छ । जसमा भद्रसिङ बुढा, प्रकाश भण्डारी,सचेत साह,बामदेब अधिकारी ,शंकर के सी, शेर ब. पुन र खडक शाही रहनु भएको छ । 

प्रतिक्रिया