चुरेमा एक घर एक टनेल कार्यक्रम लागू

चुरेमा एक घर एक टनेल कार्यक्रम लागू

कृषिमा आत्मनिर्भर बन्न एक घर एक टनेल

कैलाली– चुरे गाउँपालिकाले एक घर एक टनेलु कार्यक्रम लागू गर्ने भएको छ । गाउँपालिकाले व्यावसायिक कृषिमा आत्मनिर्भर बनाउनका लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

व्यावसायिक कृषि उत्पादनका लागि गाउँपालिकाले ३० लाख रुपैयाँ वजेट विनियोजन गरेको कृषि शाखा प्रमुख दिपक पाण्डेले बताउनुभयो । गाउँपालिकाभित्रमा ६ वटै वडामा सो वजेटले कार्यक्रम सञ्चालन गर्ने योजना छ,उहाँले भन्नुभयो  ।

कृषि व्यवसाय गर्ने किसानहरुका लागि ७५ प्रतिशत अनुदानमा बीउ बिजन वितरण गर्ने गर्ने उहाँले सुनाउनुभयो  । गाउँपालिकामा ९० प्रतिशत किसानहरु कृषिका आधारित छन् । तराईदेखि उच्च पहाडसम्म फल्ने सबै किसिमका उत्पादन हुने भएकोले कृषिका लागि एकदमै सम्भावना रहेको ठाउँ हो, उहाँले भन्नुभयो । 

स्थानीय किसानहरुका लागि धनियाँको बीउ, पालकको बीउ, रायोको बीउ, बन्दा आदि निःशुल्क वितरण गर्ने उहाँले बताउनुभयो  । 

प्रतिक्रिया