सुदूरपश्चिम विश्वविद्यालयमा आज शोक बिदा

सुदूरपश्चिम विश्वविद्यालयमा आज शोक बिदा

काठमाडौं –   सुदूरपश्चिम विश्वविद्यालयले आज शोक बिदा दिएको छ । इजरायल९प्याल्स्टाइन युद्धमा परी १० जना विद्यार्थीको निधन भएपछि विश्ववियालयले आज शोक बिदा दिएको हो ।

एग्रिकल्चर अध्ययन गर्ने विद्यार्थीहरू दक्षिण इजरायलको किवुज अलमुम भन्ने ठाउँमा कार्यरत थिए ।

यही असोज २० गते प्यालेस्टाइनको हमास लडाकु समूहले उक्त स्थानमा आक्रमण गर्दा उनीहरुको निधन भएको हो । १० नेपालीको मृत्युमा केन्द्र सरकारले पनि आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ । 

प्रतिक्रिया