कृषिमा प्रबिधिको प्रयोग महत्वपुर्ण : मन्त्री शर्मा

कृषिमा प्रबिधिको प्रयोग महत्वपुर्ण : मन्त्री शर्मा

सल्यान –  कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्मा कृषि क्षेत्रमा प्रबिधिको प्रयोग महत्वपुर्ण रहेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल जिल्ला शाखा सल्यानले आज सल्यानको अलंगामा आयोजना गरेको नेपालीहरुको महानचाड वडा दशैँ शुभदिपावली छडपर्व, नेपाल सम्वतको अवसरमा शुभकामना आदान प्रदान तथा कृषि आधुनिकीकरण र प्रवद्र्धनमा सञ्चार माध्यामको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले पछिल्लो समय कृषि क्षेत्रमा प्रबिधिको प्रयोग बढ्दै गएकाले उत्पादन क्षेमता बढाउन प्रबिधि नै महत्वपुर्ण माध्याम भएको बताउनुभयो ।

कृषि र कृषकलाई आधुनिकीकरण र प्रवद्र्धनमा जोडन सरकार लागि परेको बताउदै उहाँले कृषि र कृषकका समस्या पहिचान गर्नमा सञ्चार माध्यामको भूमिका पनि महत्वपुर्ण रहने बताउनुभयो । पछिल्लो समय बिषादीको प्रयोग बढदै गैरहेकाले यसलाई न्युउनिकरण गर्न पत्रकारिताको माध्याम बाट पहल गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“ कर्णाली प्रदेश सरकार रैथाने बालीलाई जोगाउनु पर्छ, बिषादिको कम प्रयोग गर्नुपर्छ भनेर लागि परेका छ,  तर यहाँ बिषादि र रासायनिक मलको प्रयोग भने बढिरहेको छ, एकातिर मुल्य बृद्धि बढदै गैरहको छ हाम्रो उत्पादन क्षेमता भने घटिरहेको छ । यसलाई कसरी सुधार गर्न सकिन्छ सञ्चार माध्यामको पनि खोजीको बिषय भएको छ ।”

मन्त्री शर्माले परम्परागत खेतीलाई पनि आधुनिक खेती प्रणालीमा जोडन र बिकास गर्न सरकारले बिभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । कर्णालीमा प्रदेश सरकारले मुल्यवान लोगो बनाई सञ्चालनमा ल्याएकाले यहाँ उत्पादन भएको अर्गानिक बस्तुलाई प्रमाणीकरण गरेर बाहिर पठाउने तयारी गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया