आधारभूत स्वास्थ्य सेवा केन्द्र बनेसँगै वडाबासीलाई सहज
सल्यान– शारदा नगरपालिका-१४ पश्चिम माल्नेटा स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र बनेसँगै वडाबासीलाई सहज भएको छ । स्वास्थ्य सेवा केन्द्रले नवनिर्मित भवनबाट सेवा दिन थालेपछि सहज भएको वडाध्यक्ष प्रकाश पुनले बताउनुभयो ।
शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीका अनुसार जनताहरुलाई सहज स्वास्थ्य सेवा दिन नगरले आवस्यक श्रोत साधनको उचित व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले स्वास्थ्य भवन निर्माणका लागि जग्गा दान गर्ने जग्गा दाता कृष्ण शाहलाई धन्यवाद दिनुभयो ।
वडाध्यक्ष प्रकाश पुनका अनुसार आफ्नै भवन नहुँदा उपचारमा समस्या हुँदै आएको थियो । भवन निर्माण सम्पन्न भएसँगै समस्याको हल भएको छ ।
प्रतिक्रिया