तीनकुने र बल्खुमा माेवाइन नचल्ने 'जामर'को प्रयोग

तीनकुने र बल्खुमा माेवाइन नचल्ने 'जामर'को प्रयोग

काठमाडौं –  काठमाडौंको तीनकुने र बल्खुमा माेवाइन नचल्ने 'जामर' प्रयोग गरिएको छ। बल्खुमा दुर्गा प्रसाईं र युवा संघबीच झडप भएपछि अहिले त्यहा प्रहरीले 'जामर' भेहिकल सञ्चालन गरेको हो। 

उता, तीनकुनेमा पनि 'जामर' भेहिकलको प्रयोग गरिएको छ। 'जामर' मोबाइल नेटवर्क  विच्छेद गराउने प्रविधि हाे। 

यो प्रविधि प्रयोग गरेसँगै अहिले त्यहाँ मोबाइल नेटवर्क देखाएको छैन ।  मेडिकल व्यवसायी प्रसाईं र युवा संघको प्रदर्शनस्थलमा प्रहरीले 'जामर' भेहिकल प्रयोग गरेको हो। 

प्रसाईंको टोलीका लागि बल्खु र युवा संघका लागि तीनकुने स्थान तोकिएको छ। 

प्रतिक्रिया